Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

बेलायती खुद्रा बिक्रेता विल्को धाराशायी, १२ हजार रोजगारी जोखिममा


१९ श्रावण, लण्डन । उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायलाई असर पुर्‍याएको जनाउँदै बेलायती घरेलु सामान कम्पनी विल्कोले बिहीबार आफू धराशायी हुने खतरा रहेको घोषणा गरेको छ ।

समूहले लगभग ४०० केन्द्रहरू र अनलाइन सेवामार्फत साना घरेलू सामानहरूसहित सरसफाई र बगैंचा निर्माणका लागि आवश्यक सामानहरू बिक्री गर्दै आएको छ ।

तत्कालका लागि समूहमा कार्यरत पूरानो नेतृत्वको स्थानमा नयाँ प्रशासकहरू नियुक्त गर्ने र सेवालाई सुसङ्गठित गर्ने आफ्नो योजना रहेको घोषणा गरेको छ, यद्यपि, विल्कोका कर्मचारीहरू भने नयाँ नेतृत्वले व्यवसायलाई पुनः जीवित गर्न सफल हुनेमा शंका व्यक्त गरेका छन् ।

नयाँ नेतृत्वले आर्थिकरूपमा सङ्कटग्रस्त कम्पनीले व्यवसायको सेवालाई बचाउन बाह्य विशेषज्ञतालाई आह्वान गर्न सकिने पनि बताएको छ ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले एक विज्ञप्ति जारी गर्दै नयाँ प्रशासकहरूलाई नियुक्त गरिने निर्णय भएको बताए ।

‘हामीले सामना गरिरहेको बढ्दो नगद दबावलाई ध्यानमा राख्दै संस्थाको उद्धारका लागि उपलब्ध समयमा आवश्यक तरलतालाई प्रत्याभूत गर्न नेतृत्व प्रतिवद्ध रहने छ’, उनले भने ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?