Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

बेलायती खुद्रा बिक्रेता विल्को धाराशायी, १२ हजार रोजगारी जोखिममा


१९ श्रावण, लण्डन । उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायलाई असर पुर्‍याएको जनाउँदै बेलायती घरेलु सामान कम्पनी विल्कोले बिहीबार आफू धराशायी हुने खतरा रहेको घोषणा गरेको छ ।

समूहले लगभग ४०० केन्द्रहरू र अनलाइन सेवामार्फत साना घरेलू सामानहरूसहित सरसफाई र बगैंचा निर्माणका लागि आवश्यक सामानहरू बिक्री गर्दै आएको छ ।

तत्कालका लागि समूहमा कार्यरत पूरानो नेतृत्वको स्थानमा नयाँ प्रशासकहरू नियुक्त गर्ने र सेवालाई सुसङ्गठित गर्ने आफ्नो योजना रहेको घोषणा गरेको छ, यद्यपि, विल्कोका कर्मचारीहरू भने नयाँ नेतृत्वले व्यवसायलाई पुनः जीवित गर्न सफल हुनेमा शंका व्यक्त गरेका छन् ।

नयाँ नेतृत्वले आर्थिकरूपमा सङ्कटग्रस्त कम्पनीले व्यवसायको सेवालाई बचाउन बाह्य विशेषज्ञतालाई आह्वान गर्न सकिने पनि बताएको छ ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले एक विज्ञप्ति जारी गर्दै नयाँ प्रशासकहरूलाई नियुक्त गरिने निर्णय भएको बताए ।

‘हामीले सामना गरिरहेको बढ्दो नगद दबावलाई ध्यानमा राख्दै संस्थाको उद्धारका लागि उपलब्ध समयमा आवश्यक तरलतालाई प्रत्याभूत गर्न नेतृत्व प्रतिवद्ध रहने छ’, उनले भने ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?