Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

‘मोदी उपनाम’ बारे दिइएको सजायमा काङ्ग्रेस नेता गान्धीको सजायमा रोक


२० श्रावण, एजेन्सी । भारतीय काङ्ग्रेस नेता राहुल गान्धीलाई ‘मोदी उपनाम’ को टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गुजरात उच्च अदालतले दोषी ठहर्याए पनि भारतको सर्वोच्च अदालतले शुक्रबार यसमाथि रोक लगाएको छ । यद्यपि, उक्त अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिबाट दिइने सम्बोधनमा सावधानी अपनाउनु पर्नेमा भने जोड दिएको छ ।

गुजरात उच्च अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो जसले उहाँलाई जनप्रतिनिधित्व ऐनको कठोरताअन्तर्गत सांसदको रूपमा अयोग्य घोषित गरेको थियो । सवोच्चको फैसलासँगै गान्धीको सांसद पद पनि पुनः बहाली हुुने सम्भावना देखिएको छ ।

केरलाको वायनाडबाट राहुल गान्धीलाई लोकसभा सचिवालयको सूचनापछि मार्च २४ मा सांसद पदका लागि अयोग्य घोषित गरिएको थियो ।

काङ्ग्रेस नेता राहुल गान्धीले गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर गर्न अस्वीकार गरेको आदेशविरुद्ध दायर गरेको अपिलमाथि सर्वोच्च अदालतले सुनुवाई गरिरहेको थियो ।

न्यायाधीश बीआर गवईको अध्यक्षतामा रहेको बेन्चल गरेको फैसलामा ‘ट्रायल कोर्ट’का न्यायाधीशले अधिकतम सजाय सुनाउनुको कुनै कारण नदिएको र अन्तिम फैसला नभएसम्म दोषी ठहर गर्ने आदेशमा रोक लगाउनुपर्ने बताएको छ ।

फैसलामा सर्वोच्च अदालतले भनेको छ,“यो मुद्दा हेरेका न्यायाधीशले पर्याप्त कारण र आधारबिना दुई वर्षको अधिकतम सजाय दिएको देखिन्छ ।’’

सर्वोच्च अदालतले गान्धीलाई राहत प्रदान गर्दै ट्रायल कोर्टको आदेशको असर व्यापक रहेको बताएको छ । सर्वोच्चको फैसलामा भनिएको छ, “गान्धीको सार्वजनिक जीवनमा रहिरहन पाउने अधिकार मात्र होइन, उहाँलाई निर्वाचित गर्ने मतदाताको अधिकारमा पनि असर परेको छ ।”

बेन्चले गान्धीका अभिव्यक्तिहरू ‘राम्रो शैलीको नभएको’ र ‘सार्वजनिक जीवन रहेका व्यक्तिहरूले सार्वजनिक भाषण गर्दा सावधानी अपनाउने अपेक्षा गरिएको’ कुरामा कुनै शङ्का नरहेको पनि बताएको छ ।

सर्वोच्च अदालतको फैसलापछि काङ्ग्रेस पार्टीको ट्विटर पेजमा राहुल गान्धीको तस्बिरको साथमा लेखिएको छ, “सत्यको सँधै जीत हुन्छ ।”

पार्टी नेता जयराम रमेशले पनि सर्वोच्च अदलतको फैसला सत्य र न्यायलाई पुष्टि गरेको ट्वीटर सन्देशमा बताएका छन् । उनले भने, “गान्धीविरूद्ध सत्ताधारी दलको सबै संयन्त्र लागेपनि उहाँले हार मान्न, झुक्न वा दब्न इन्कार गर्दै न्याय प्रक्रियाप्रति आफ्नो विश्वास जनाइरहनुभयो र उहाँको विजय भएको छ ।”

गौतम बुद्धको एक भनाइ उद्धरण गर्दै प्रियंका गान्धीले ट्विटरमा लखेकि छन्, “सूर्य, चन्द्रमा र सत्य तीन चीजलाई कहिल्यै छिपाउन सकिन्न ” सर्वोच्च न्यायालयलाई न्यायपूर्ण फैसला दिएकोमा धन्यवाद । सत्यमेव जयते ।”


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?