Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

विश्व


गाजामा इजरायली आक्रमणमा ५८ प्यालेस्टिनीको मृत्यु

एजेन्सी। गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ५८ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । गाजामा नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार मध्य गाजा शहरको भीडभाड भएको बजारलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा एक डाक्टर र एक बालकसहित कम्तिमा १५ जनाको मृत्यु भएको छ । अल–शाती शरणार्थी शिविर र

सिरियाको स्वेइडामा ड्रुज–बेदुइन झडपमा मृत्यु हुनेको संख्या १८ पुग्यो

एजेन्सी। स्थानीय सञ्चारमाध्यम र सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार आईतबार सिरियाको दक्षिणी प्रान्त स्वेइडामा स्थानीय ड्रुज समुदाय र बेदुइन जनजातिबीच भएको भीषण झडपमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । करिव ५० जना घाइते भएका छन् । मृत्यु हुनेमा ड्रुज समुदायका १४ सदस्य र चार बेदुइन जनजातिहरू समावेश छन् ।

बन्दरगाह पूर्वाधार स्तरोन्नति गर्न ८० करोड अमेरिकी डलरको सम्झौता

एजेन्सी। सिरियाको भूमि तथा समुन्द्री बन्दरगाहका लागि सामान्य प्राधिकरण र विश्वको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाह फर्महरूमध्ये एक संयुक्त अरब इमिरेट्सको डिपी वल्र्डले सिरियामा बन्दरगाह पूर्वाधार र रसद सेवाहरू बढाउन ८० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता सिरियाको भूमध्यसागरीय तटमा रहेको टार्टस बन्दरगाहमा बहुउद्देश्यीय टर्मिनल विकास गर्ने,

टेक्सास बाढी अमेरिकी इतिहासकै घातक प्राकृतिक प्रकोप

एजेन्सी। जुलाई ४ मा मध्य टेक्सासमा आएको विनाशकारी बाढी अमेरिकी इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोपहरू मध्ये एक बनेको छ । जसबाट एक सय भन्दा बढीको ज्यान गएको छ । १ सय ६० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् । अमेरिकी अधिकारीहरूले कुनैपनि सरकारी जिम्मेवारी अस्वीकार गरे पनि अन्तर्राष्ट्रिय विज्ञहरूले विपद्ले

वेस्ट बैंक विध्वंसले दशौं हजार विस्थापित

एजेन्सी। जनवरीमा इजरायली सेनाले तुल्करम, नुर शम्स र जेनिन लगायतका शिविरहरूमा आक्रमण जारी गरेदेखि उत्तरी पश्चिम किनारका शरणार्थी शिविरहरूबाट लगभग ४० हजार शरणार्थीहरूलाई बाहिर निकालिएको छ । इजरायली अधिकारीहरूले यी शिविरहरूमा सक्रिय सशस्त्र प्यालेस्टिनी समूहहरूलाई भत्काउने उद्देश्यले कारबाही गरिएको जनाएको हो । मे महिनामा इजरायली सेनाले तुल्करम शिविरमा १०० भन्दा

इयु प्रमुखद्वारा ट्रम्पको कर नीतिको आलोचना

एजेन्सी। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली संघ (इयु) को निर्यातमा ३० प्रतिशत कर लगाउने वाशिंगटनको निर्णयको आलोचना गरेका छन् । उनले आवश्यक परे इयुले अमेरिकामाथि कर लगाउने चेतावनी समेत दिए । इयु निर्यातमा ३० प्रतिशत कर लगाउनाले अत्यावश्यक ट्रान्सएट्लान्टिक आपूर्ति श्रृङ्खलाहरूलाई बाधा पुर्याउने बताए । अमेरिकी राष्ट्रपति

गाजामा इजरायली आक्रमणबाट ४६ जनाको मृत्यु

एजेन्सी। शनिवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा नागरिक रक्षाका प्रवक्ता महमूद बसलले बताएअनुसार दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी र इजरायली समर्थित सहायता वितरण केन्द्र नजिकै खानाको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबारीबाट २७ जना प्यालेस्टिनीको मृत्यु भएको छ । १८० जना घाइते

मङ्गोलियामा परम्परागत नादम महोत्सव उद्घाटन

एजेन्सी। मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले शुक्रवार देशको राष्ट्रिय दिवस मनाउने परम्परागत नादम महोत्सवको उद्घाटन गरेका छन् । राजधानी उलान बाटोरको एक रंगशालामा उद्घाटन समारोहमा बोल्दै खुरेलसुखले नादमलाई मङ्गोलियाको राज्यत्व, इतिहास र संस्कृतिको अमूल्य प्रतीकको रूपमा वर्णन गरे । उनले यसलाई राष्ट्रको एकता, स्वतन्त्रता र समृद्धिको प्रतिविम्व, साथै मङ्गोलियाली जनताको लागि

कंगोमा हैजाको प्रकोप उच्च

एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च भएको छ । संक्रमण अझै बढ्दै गएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताए । आफूहरु महामारीको उच्च तहमा रहेको र केसहरु अझै बढिरहेको बताएका छन् । देशभर ३३ हजार भन्दा बढी बिरामीहरु रेकर्ड गरिएको बताए । जसको मृत्युदर २ प्रतिशत रहेको बताएका छन् । विश्व

अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको पत्र पोस्ट गरे । जसमा क्यानडाले अघिल्लो अमेरिकी करको बदला लिएकोमा आलोचना गरिएको छ । नयाँ कर आंशिक रूपमा

सम्वन्धित समाचारहरु