Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

टर्कीमा डढेलोको जोखिम


एजेन्सी। टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले देशभर तापक्रम बढ्दै जाँदा डढेलोको खतरा बढ्ने चेतावनी दिएका छन् । आगामी दिनहरूमा गर्मी र तिब्र हावाका कारण जोखिम बढ्ने बताएका हुन् । केही समय यता देशमा डढेलो लागिरहेको छ ।

अर्ध–सरकारी अनादोलु एजेन्सीले रिपोर्ट गरेको छ कि बुधवार साकारिया, अन्टाल्या, एस्कीसेहिर, बिलेसिक र डेनिजली प्रान्तहरूमा आगो निभाउन अग्निनियन्त्रक टोलीहरूले काम गरिरहेका छन् । टर्कीका मन्त्रीले इज्मिर प्रान्तको उर्ला जिल्लामा लागेको डढेलो नियन्त्रणमा आएको पुष्टि गरे ।

प्रभावित क्षेत्रहरूमा हेलिकप्टर, विमान र दमकल ट्रकहरूसहित हवाई र जमिन एकाइहरू तैनाथ गरिएको बताए । युमाक्लीले टर्कीमा वर्षको शुरुवातदेखि नै लागेको आगलागीको संख्या ४ हजार नाघेको औंल्याए । अक्टोबर १५ सम्म देश आगलागीको जोखिममा रहने बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?