Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मध्य टर्कीमा डढेलोबाट १० अग्निनियन्त्रकको मृत्यु


एजेन्सी। टर्कीको मध्य प्रान्त एस्किसेहिरमा लागेको जंगलको आगो निभाउने प्रयास गर्दा बुधवार दस अग्निनियन्त्रकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

आन्तरिक मन्त्री अली येर्लिकायाले १४ जना घाइतेको हाल उपचारका लागि अस्पतालमा रहेको बताए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

पश्चिमी र मध्य प्रान्तहरू साकार्या, अन्टाल्या, एस्किसेहिर, बिलेसिक र डेनिजलीमा आगो निभाउन अग्निनियन्त्रक टोलीहरू काम गरिरहेका थिए । टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले वर्षको शुरुवातदेखि अहिलेसम्म आगलागीको कुल संख्या ४ हजार नाघेको बताएक हुन् । जसमध्ये १ हजार ७ सय २८ वन क्षेत्रहरूमा भएका छन् ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?