Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

मध्य टर्कीमा डढेलोबाट १० अग्निनियन्त्रकको मृत्यु


एजेन्सी। टर्कीको मध्य प्रान्त एस्किसेहिरमा लागेको जंगलको आगो निभाउने प्रयास गर्दा बुधवार दस अग्निनियन्त्रकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

आन्तरिक मन्त्री अली येर्लिकायाले १४ जना घाइतेको हाल उपचारका लागि अस्पतालमा रहेको बताए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

पश्चिमी र मध्य प्रान्तहरू साकार्या, अन्टाल्या, एस्किसेहिर, बिलेसिक र डेनिजलीमा आगो निभाउन अग्निनियन्त्रक टोलीहरू काम गरिरहेका थिए । टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले वर्षको शुरुवातदेखि अहिलेसम्म आगलागीको कुल संख्या ४ हजार नाघेको बताएक हुन् । जसमध्ये १ हजार ७ सय २८ वन क्षेत्रहरूमा भएका छन् ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?