Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृत्यु


एजेन्सी। युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टामा भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका छन् ।

मार्चदेखि भोकमरी र कुपोषणसँग सम्बन्धित मृत्युको कुल संख्या १०१ पुगेको छ । जसमा ८० बालबालिका पनि समावेश छन् । इजरायलका लगभग ९५ प्रतिशत डाक्टरहरूको प्रतिनिधित्व गर्ने इजरायली मेडिकल एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै पट्टीमा चिकित्सा उपकरण र आधारभूत मानवीय सहायताको प्रवेशको लागि आह्वान गरेको छ ।

इजरायलले मार्च १८ मा एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेदेखि कम्तिमा ८ हजार २ सय ६८ प्यालेस्टिनीहरू मारिएका छन् । ३० हजार ४ सय ७० जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५९ हजार १ सय ६ पुगेको छ । घाइतेहरूको संख्या १ लाख ४२ लाख ५ सय ११ पुगेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?