Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो


एजेन्सी। बंगलादेश वायुसेनाको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । जसमध्ये २५ जना बालबालिका रहेका छन् । अन्य दुई पीडितहरूमा विमानका पाइलट र एक महिला स्कूल शिक्षिका समावेश छन् ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकारका स्वास्थ्य तथा परिवार कल्याणका लागि विशेष सहायक मोहम्मद सयदुर रहमानले कम्तिमा ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सयदुरले बताए । सरकारले उक्त दुखद घटनाको प्रतिक्रियामा मंगलवार एक दिने राष्ट्रिय शोक मनाएको छ ।

अन्तर सेवा जनसम्पर्क निर्देशनालयकाअनुसार नियमित प्रशिक्षण उडानमा संलग्न बंगलादेश वायुसेना विमान ए.के.बाट उडेको थियो । सोमवार स्थानीय समयअनुसार दिउँसो १ः०६ बजे ढाकाको कुर्मितोलामा रहेको खान्डाकर एयर बेसबाट विमान छुटेको थियो । त्यसको केही समयपछि नै दुई तले विद्यालय भवनमा ठोक्किएको थियो ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?