Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बहराइनले लेबनानमा स्थायी कुटनीतिक नियोग खोल्ने


एजेन्सी। बहराइनका राजा हमद बिन इसा अल खलिफाले बुधवार बेरुतमा स्थायी बहराइन कुटनीतिक नियोग खोल्ने घोषणा गरेका छन् । जसले लेबनानसँग राज्यको पूर्ण कुटनीतिक सम्बन्धलाई जोड दिनेछ ।

बहराइन समाचार एजेन्सी (बीएनए) काअनुसार बहराइन अधिराज्यको आधिकारिक भ्रमणमा रहेका लेबनानी राष्ट्रपति जोसेफ आउनसँगको भेटमा यो घोषणा गरिएको हो । दुवै नेताले द्विपक्षीय सम्बन्धको समीक्षा गरे । आर्थिक, सुरक्षा र राजनीतिक क्षेत्रमा सहयोग बढाउने तरिकाहरूबारे छलफल भएको छ । दुवै पक्षले आर्थिक विकास, सुरक्षा समन्वय र क्षेत्रीय स्थिरतामा द्विपक्षीय सहयोग बढाउन, आतंकवादसँग लड्न, व्यापार बढाउन र जारी क्षेत्रीय द्वन्द्वहरूको शान्तिपूर्ण समाधानलाई समर्थन गर्न संयुक्त प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लेबनानका पूर्वसूचना मन्त्री जर्ज कोर्दाहीले यमनको युद्धको बारेमा गरेको विवादास्पद टिप्पणीपछि अक्टोबर २०२१ मा बहराइनले बेरुतमा आफ्नो दुतावास बन्द गरेको थियो । जसमा खाडी सहयोग परिषद्का देशहरूले आपत्ति जनाएका थिए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?