Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बहराइनले लेबनानमा स्थायी कुटनीतिक नियोग खोल्ने


एजेन्सी। बहराइनका राजा हमद बिन इसा अल खलिफाले बुधवार बेरुतमा स्थायी बहराइन कुटनीतिक नियोग खोल्ने घोषणा गरेका छन् । जसले लेबनानसँग राज्यको पूर्ण कुटनीतिक सम्बन्धलाई जोड दिनेछ ।

बहराइन समाचार एजेन्सी (बीएनए) काअनुसार बहराइन अधिराज्यको आधिकारिक भ्रमणमा रहेका लेबनानी राष्ट्रपति जोसेफ आउनसँगको भेटमा यो घोषणा गरिएको हो । दुवै नेताले द्विपक्षीय सम्बन्धको समीक्षा गरे । आर्थिक, सुरक्षा र राजनीतिक क्षेत्रमा सहयोग बढाउने तरिकाहरूबारे छलफल भएको छ । दुवै पक्षले आर्थिक विकास, सुरक्षा समन्वय र क्षेत्रीय स्थिरतामा द्विपक्षीय सहयोग बढाउन, आतंकवादसँग लड्न, व्यापार बढाउन र जारी क्षेत्रीय द्वन्द्वहरूको शान्तिपूर्ण समाधानलाई समर्थन गर्न संयुक्त प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लेबनानका पूर्वसूचना मन्त्री जर्ज कोर्दाहीले यमनको युद्धको बारेमा गरेको विवादास्पद टिप्पणीपछि अक्टोबर २०२१ मा बहराइनले बेरुतमा आफ्नो दुतावास बन्द गरेको थियो । जसमा खाडी सहयोग परिषद्का देशहरूले आपत्ति जनाएका थिए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?