Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
४ फाल्गुन २०८२, सोमबार
४ फाल्गुन २०८२, सोमबार

विश्व


महिला खेलाडीलाई ओठमा चुम्बन गरेका अध्यक्षले गरे राजीनामा

२६ भदाै, एजेन्सी । अन्ततः स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । यही भदौ ३ गते अष्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्ग्लयाण्डलाई हराएर च्याम्पियन बनेपछि स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि विश्वभर उनको आलोचना भएको थियो । चुम्बन विवादमा तानिएका अध्यक्ष रुबियालेसले आफ्नो

मोरक्को भूकम्पः दुई हजारभन्दा बढीको मृत्यु, फ्रान्सेली सहयोग नलिने

२६ भदाै, एजेन्सी । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ ।

मोरक्कोमा गएको भूकम्पमा परी थप १०० जनाको मृत्यु भएको पुष्टि

२५ भदाै, एजेन्सी । मध्य मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि मोरक्कोको गृह मन्त्रालयले आइतबार गरेको छ । सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १२२ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जना घाइते भएका छन् । मृत्यु हुनेमा अल हाउज

ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु

२५ भदाै, एजेन्सी । ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ । आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा शहर र छिमेकी राज्य सान्टा क्याटारिनाका केही क्षेत्रमा

चीन र युरोपबीच कुनै स्वार्थको द्वन्द्व छैन : चिनियाँ प्रधानमन्त्री

२५ भदाै, एजेन्सी । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले युरेसियाको विपरीत छेउमा रहेको चीन र युरोपबीच कुनै भूराजनीतिक द्वन्द्व नरहेको बताएका छन् । युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग जी-२० शिखर सम्मेलनका क्रममा भएको भेटमा लीले द्विपक्षीय सम्बन्धको सुदृढ र स्थिर विकासका लागि चीन युरोपसँग मिलेर काम गर्न तयार रहेको बताए । उनले

‘म चीनलाई समेट्न चाहन्नँ’ : बाइडेन

२५ भदाै, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको बताएका छन् । वासिङ्टनले भारत, अस्ट्रेलिया र जापानसँग क्वाड सुरक्षा वार्ता र बेलायत र अस्ट्रेलियासँग एयूकेयूएस सम्झौतालगायत इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत गठबन्धन निर्माणमा ठूलो लगानी गरेको छ । तर उनले

खार्तूम हवाई आक्रमणमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० भन्दा बढी

२५ भदाै, एजेन्सी । सुडानको राजधानी खार्तूमको दक्षिणमा आइतबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारकर्मीले बताएका छन् । सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’को कमाण्ड सम्हाल्ने उनका पूर्व डेपुटी मोहमद हमदान डग्लोबीच गत अप्रिलमा भएको युद्धमा आइतबार

एयर चाइनाको विमान सिङ्गापुरमा आपतकालीन अवतरण, नौ जना घाइते

२५ भदाै, एजेन्सी । एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् । चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड कार्गो होल्ड र शौचालयमा धुवाँको मुस्लो देखेको’ चाङ्गी विमानस्थलले फेसबुकमा जारी

सुडानको राजधानीमा भएको हवाई हमलामा ३० जना मारिए

२४ भदाै, एजेन्सी । सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा आइतबार भएको हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको स्थानीय कार्यकर्ताहरूले बताएका छन् । सैन्य विमानले कुरो बजार क्षेत्रमा बमबारी गरेको प्रजातन्त्र समर्थक स्थानीय समितिले जनाएको छ । गत अप्रिल १५मा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्ससँग युद्ध सुरु

अठारौँ जी २० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा गर्ने प्रस्ताव

२४ भदाै, एजेन्सी । सदस्य सङ्ख्याका हिसाबले संभवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन (नाम)पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न भएको छ । जी २० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा

सम्वन्धित समाचारहरु