Trending
>>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   रेड पाण्डाको छाला सहित एक जना पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ >>   हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

मोरक्कोमा गएको भूकम्पमा परी थप १०० जनाको मृत्यु भएको पुष्टि


२५ भदाै, एजेन्सी । मध्य मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि मोरक्कोको गृह मन्त्रालयले आइतबार गरेको छ ।

सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १२२ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अल हाउज प्रान्तमा एक हजार ३५१, तारौदान्त प्रान्तमा ४९२, चिचाउआमा २०१ र माराकेशमा १७ जना रहेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मोरक्कोका सेना र आपतकालीन सेवाहरू एटलस पर्वतीय क्षेत्रको सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्न सङ्घर्ष गरिरहेका छन् ।

यसअघि मराकेशका बासिन्दाले सिन्ह्वाका संवाददातालाई पराकम्पन अझै महसुस गर्न सकिने बताएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार यो विपत्तिले मोरक्कोको प्राचिन शहर मराकेश र यसको बाहिरी इलाकामा तीन लाख भन्दा बढी मानिसहरूलाई प्रभावित भएका छन् ।

हताहतहुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मोरक्कन रेड क्रिसेन्ट (एमआरसी) ले उक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ, “पहाडी भूगोलका कारण खोजी र उद्धार प्रयासका लागि ठूलो चुनौती खडा गरेको छ । एटलस पर्वतका ती दुर्गम क्षेत्रहरूमा ठूला मेशिनरी साधनहरू प्राप्त गर्नु उद्धारका लागि प्राथमिकता रहेको छ ।”

“भग्नावशेषबाट धेरै मानिसलाई बाहिर निकाल्ने क्रममा एमआरसी र अन्य उद्धार समूहहरूले सबैभन्दा गम्भीर क्षति भएका स्थानहरू पहिचान गर्न र प्राथमिकता दिन चौबिसै घण्टा काम गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?