Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

महिला खेलाडीलाई ओठमा चुम्बन गरेका अध्यक्षले गरे राजीनामा


२६ भदाै, एजेन्सी । अन्ततः स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् ।

यही भदौ ३ गते अष्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्ग्लयाण्डलाई हराएर च्याम्पियन बनेपछि स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि विश्वभर उनको आलोचना भएको थियो ।

चुम्बन विवादमा तानिएका अध्यक्ष रुबियालेसले आफ्नो बचाउ गर्दै सहमतिमा नै त्यसो गरिएको बताउँदै आएका थिए । उनको यो भनाइको जेनीले प्रतिवाद गर्दै आएकी थिइन् । महिला विश्वकपमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो ।

रुबियालेसको अनुशासनहीन कार्यबाट रुष्ट भएको विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले उनलाई ९० दिनका लागि निलम्बन गरेको थियो । फिफाको अनुशासन समितिले छानबिन पनि थालेको थियो । स्पेनी फुटबल महासङ्घका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका थिए ।

स्पेनका फुटबलसम्बद्ध अधिकारीहरूले चुम्बन काण्डले देशको प्रतिष्ठा विश्वभर बिग्रिएको बताउँदै राजीनामाको विकल्प नरहेको बताएका थिए भने महिला खेलाडीले उनी पदमुक्त नभएसम्म मैदानमा नउत्रने घोषणा गरेका थिए ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?