Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

चीन र युरोपबीच कुनै स्वार्थको द्वन्द्व छैन : चिनियाँ प्रधानमन्त्री


२५ भदाै, एजेन्सी । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले युरेसियाको विपरीत छेउमा रहेको चीन र युरोपबीच कुनै भूराजनीतिक द्वन्द्व नरहेको बताएका छन् ।

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग जी-२० शिखर सम्मेलनका क्रममा भएको भेटमा लीले द्विपक्षीय सम्बन्धको सुदृढ र स्थिर विकासका लागि चीन युरोपसँग मिलेर काम गर्न तयार रहेको बताए ।

उनले भने, “चीन र युरोप विश्वका दुई प्रमुख शक्ति, बजार र सभ्यता भएकाले चीन-युरोप सम्बन्धले युरेशियन महाद्वीपको विश्वव्यापी स्थिरता र समृद्धिलाई टेवा पुर्‍याउँछ ।”

चिनियाँ प्रधानमन्त्री लीले भने, “चीन समृद्ध र स्थिर युरोप हेर्न चाहन्छ र आफ्नो साझेदारीमा प्रतिबद्ध रहन, संवाद र आदानप्रदानलाई थप मजबुत बनाउन, पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउन चाहन्छ । संवेदनशील मुद्दाहरूको उचित व्यवस्थापन गर्न, चीन-युरोप सम्बन्धको दिगो, स्वस्थ र स्थिर विकासलाई बढावा दिन र यस अशान्त विश्वमा स्थिरता र सकारात्मक ऊर्जा प्रवाह गर्न युरोपेली पक्षसँग काम गर्न चीन सधैँ तयार छ ।”

उनले दुवै पक्षले रणनीतिक मार्गनिर्देशनलाई बलियो बनाउनुपर्ने बताए ।

यस वर्ष चीन-ईयू व्यापक रणनीतिक साझेदारीको २० औं वर्षगाँठको रूपमा, चिनियाँ प्रधानमन्त्रीले मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग चीन-ईयू शिखर सम्मेलनको नयाँ चरणको सह-अध्यक्षता गर्न उत्सुक रहेको बताए ।

चीनको विकास युरोपका लागि जोखिम नभई अवसर हो र दुवै पक्षले पारस्परिक लाभका लागि खुलेर सहकार्य गरिरहनुपर्छ । अहिले वा भविष्यमा जस्तोसुकै भए पनि लीले चीन युरोपको भरपर्दो मित्र र साझेदार रहेको र रहिरहने प्रतिबद्धता व्यक्त गरे ।

चीन युरोपसँग संवाद र वार्ता बढाउन, चीन-युरोप आर्थिक र व्यापारिक सम्बन्धको विश्वसनीयता र स्थायित्व लाई बढावा दिन सान्दर्भिक संयन्त्रहरू स्थापना गर्न छलफल गर्न तयार रहेको बताउँदै उनले चीनमा लगानी र सञ्चाल गर्न थप युरोपेली व्यवसायहरूलाई स्वागत गरिने बताए ।

उक्त अवसरमा युरोपेली परिषद्का अध्यक्ष मिशेलले ईयूले पनि चीनलाई एक आर्थिक रूपमा सम्पन्न एक असल र सहयोगी मित्रका पमा हेर्ने गरेको बताए ।

उक्त अवसरमा युरोपेली परिषद्का अध्यक्ष मिशेलले भने, “ईयू एक चीन सिद्धान्तमा अडिग छ । सफल ईयू-चीन शिखर सम्मेलनको आयोजना गर्न, विभिन्न क्षेत्रमा संवाद र सहयोगलाई गहन बनाउन र जलवायु परिवर्तन, सार्वजनिक स्वास्थ्य, सुरक्षा र स्थिरताजस्ता विश्वव्यापी चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न चीनसँग काम गर्न ईयू तयार रहेको छ ।”


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?