Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

खार्तूम हवाई आक्रमणमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० भन्दा बढी


२५ भदाै, एजेन्सी । सुडानको राजधानी खार्तूमको दक्षिणमा आइतबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारकर्मीले बताएका छन् ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’को कमाण्ड सम्हाल्ने उनका पूर्व डेपुटी मोहमद हमदान डग्लोबीच गत अप्रिलमा भएको युद्धमा आइतबार बिहान गरिएको आक्रमण सबैभन्दा घातक आक्रमण हो ।

“स्थानीय समयअनुसार बिहान ७ः१५ बजे सैन्य विमानले कोउरो बजार क्षेत्रमा बमबारी गरेको थियो,” स्थानीय प्रतिरोध समितिले भनेको छ ।

समितिले ३० जनाको मृत्यु भएको अघिल्लो सङ्ख्यालाई पुनरावलोकन गर्दै क्वोरो बजार नरसंहारका पीडितहरूको सङ्ख्या दिउँसोसम्म ४० पुगेको पुष्टि गरेको छ ।

समितिले नजिकैको बशैर अस्पतालमा हताहत हुनेको सङ्ख्या बढ्दै गएकाले मृत्यु सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ ।

अस्पतालले त्यस क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई ‘तत्काल अपिल’ जारी गर्दै ‘घाइतेको बढ्दो सङ्ख्या’को उपचारमा सहयोग गर्न आग्रह गरेको छ ।
सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ मा सुरु भएको युद्धमा करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको छ । घाइते र मारिएका मध्ये धेरै अस्पतालमा पुग्न नसकेको भन्दै मृत्यु हुने व्यक्तिको वास्तविक सङ्ख्या अझै धेरै रहेको अनुमान गरिएको छ ।

धेरै क्षेत्रहरूमा सहज आवतजावत (पहुँच) पूर्ण रूपमा विच्छेद भएको छ र युद्धरत पक्षहरूले आफ्नो क्षतिको घोषणा गरेका छैनन् ।

युद्ध शुरू भएको झण्डै पाँच महिना बितिसक्दा पनि कुनै पनि पक्षले निर्णायक फाइदा लिन सकेका छैनन् ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?