Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

‘म चीनलाई समेट्न चाहन्नँ’ : बाइडेन


२५ भदाै, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको बताएका छन् ।

वासिङ्टनले भारत, अस्ट्रेलिया र जापानसँग क्वाड सुरक्षा वार्ता र बेलायत र अस्ट्रेलियासँग एयूकेयूएस सम्झौतालगायत इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत गठबन्धन निर्माणमा ठूलो लगानी गरेको छ । तर उनले संयुक्त राज्य अमेरिकाले चीनलाई समेट्न नचाहेको बरु सम्बन्धका लागि स्पष्ट आधारभूत नियमहरू स्थापित गर्न चाहेको बताए ।

उनले भियतनामसँग सम्बन्ध प्रगाढ बनाउने सम्झौतामा सहमति जनाउँदै वासिङ्टनले बेइजिङको बढ्दो प्रभावको सामना गर्दै एशिया र प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूको सञ्जाललाई बलियो बनाउन खोजिरहेको बताए ।

उक्त अवसरमा बाइडेनले नयाँदिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा आफूले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटेको र ‘स्थिरता’ बारे छलफल गरेको बताए ।

वासिङ्टन र बेइजिङबीच विश्वका विभिन्न विषयमा विवाद छ र चीनले अन्तर्राष्ट्रिय व्यवस्थालाई आफ्नो इच्छाअनुसार झुकाउन खोजेको आरोप बाइडेनले लगाए ।

बाइडेनले हनोइमा भएको एक पत्रकार सम्मेलनमा भने, “अहिले चीनले व्यापार र अन्य मुद्दाका सन्दर्भमा खेलका केही नियमहरू परिवर्तन गर्न थालेको छ ।”

उनले चीनसँगको तनावलाई सङ्केत गर्दै भने, “म चीनलाई ‘समेट्न’ चाहन्नँ । म यो सुनिश्चित गर्न चाहन्छु कि चीनसँग हाम्रो सम्बन्ध छ । जुन धेरै उच्च विन्दुमा छ, यो के हो सबैलाई थाहा छ ।”

चीनका राष्ट्रपति सी चिनफिङ जी–२० सम्मेलनमा सहभागी नहुनुलाई केही वैश्विक परिस्थितिबाहेक बेइजिङ र दिल्लीबीच क्षेत्रीय र अन्य विषयमा देखिएको विवादसँग पनि जोडेर हेरिएको छ ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?