Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

पत्रकारितामा फोटोको महत्व धेरै हुन्छ : उपप्रधानमन्त्री सिंह


काठमाडौं। फोटो पत्रकार समूह नेपालले फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिनुपर्ने माग राखेका छन् ।

आईतवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटेर सो माग गरेका हुन् । उनीहरुले विश्वमा फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिइरहेको भन्दै नेपालले पनि फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि आवश्यक कार्यक्रमहरु अघि बढाउनुपर्ने माग राखे ।

फोटो पत्रकार समूह नेपालसँगको भेटका क्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले पत्रकारितामा फोटोको महत्व धेरै हुने बताउदै उनले फोटोग्राफबाट घटनाको समष्टिगत रुप आउने भएकाले पनि फोटोग्राफीको महत्व धेरै रहेको उल्लेख गरे । उनले फोटो पत्रकारितालाई अझ सशक्त बनाउन भुमिका खेल्नुपर्ने पनि बताए ।

उनले भने, ‘पत्रकारितामा फोटोको महत्व धेरै नै हुन्छ । हामीले सुन्ने गरेको के हो भने फोटोग्राफी राम्रो भयो भने एउटै फोटोग्राफबाट घटनाको समष्टिगत रुप आउँछ भन्छ । फोटोबाट के म्यासेज दिन खाजेको हो भन्नेकुरा स्पष्ट हुनुपर्छ । फोटोग्राफीलाई अझ सशक्त बढाउन भुमिका खेल्नुपर्छ ।’

फोटो पत्रकार समूह नेपालले आफूहरुले फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताएको छ ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?