Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

पत्रकारितामा फोटोको महत्व धेरै हुन्छ : उपप्रधानमन्त्री सिंह


काठमाडौं। फोटो पत्रकार समूह नेपालले फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिनुपर्ने माग राखेका छन् ।

आईतवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटेर सो माग गरेका हुन् । उनीहरुले विश्वमा फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिइरहेको भन्दै नेपालले पनि फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि आवश्यक कार्यक्रमहरु अघि बढाउनुपर्ने माग राखे ।

फोटो पत्रकार समूह नेपालसँगको भेटका क्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले पत्रकारितामा फोटोको महत्व धेरै हुने बताउदै उनले फोटोग्राफबाट घटनाको समष्टिगत रुप आउने भएकाले पनि फोटोग्राफीको महत्व धेरै रहेको उल्लेख गरे । उनले फोटो पत्रकारितालाई अझ सशक्त बनाउन भुमिका खेल्नुपर्ने पनि बताए ।

उनले भने, ‘पत्रकारितामा फोटोको महत्व धेरै नै हुन्छ । हामीले सुन्ने गरेको के हो भने फोटोग्राफी राम्रो भयो भने एउटै फोटोग्राफबाट घटनाको समष्टिगत रुप आउँछ भन्छ । फोटोबाट के म्यासेज दिन खाजेको हो भन्नेकुरा स्पष्ट हुनुपर्छ । फोटोग्राफीलाई अझ सशक्त बढाउन भुमिका खेल्नुपर्छ ।’

फोटो पत्रकार समूह नेपालले आफूहरुले फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताएको छ ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?