Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु


एजेन्सी। गाजा पट्टीमा इजरायली आक्रमणमा १७ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

उत्तरी गाजापट्टीको गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायटोन छिमेकमा रहेको एउटा घरमा इजरायली आक्रमणबाट तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको वाफाले जनाएको हो । दक्षिणी गाजा पट्टीको खान युनिसमा तीनवटा घरमा भएको गोलाबारीमा बालबालिका सहित नौ व्यक्तिको मृत्यु भएको छ । यसले मध्य गाजाको नुसेरात शिविरमा रहेको एउटा अपार्टमेन्टमा बम विष्फोट हुँदा एक व्यक्तिको मृत्यु भएको छ ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीहरूको मृत्यु हुने संख्या ४४ हजार ५६ पुगेको छ ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?