Trending
>>   चार संसदीय समितिको बैठक बस्दै >>   तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै >>   गोरखामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु >>   रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने >>   कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण >>   कस्तो रहला आज दिनभरको मौसम ? >>   आज मिति २०८१ साल माघ ०९ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   केपी ओलीले फेस गर्न सकेनन मलाई : हर्क साम्पाङ्ग >>   नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छः कानूनमन्त्री चौरसिया >>   मुद्दा चलाउने प्रक्रियामा प्रधानमन्त्रीको हस्तक्षेप छैनः महान्यायाधिवक्ता वडाल
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

विश्व


अग्निपीडितलाई भेट्न राष्ट्रपति जो हवाई जाने

१ भदाै, एजेन्सी । राष्ट्रपति जो बाइडेन र प्रथम महिला जील बाइडेन हवाईको भ्रमणमा जाने भएका छन् । विपक्षीहरूको तीक्ष्ण आलोचनापछि राष्ट्रपति अग्निपीडितलाई भेट्न तथा हालैको भीषण डढेलोबाट भएको वस्तुस्थितिबारे जानकारी लिन आगामी सोमबार हवाई भ्रमणमा जान लाग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आगामी साता आगालागी भएको स्थलबाट भग्नावशेष हटाइसकिने

विमान सडकमा खस्दा १० जनाको मृत्यु

१ भदाै, एजेन्सी । मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् । स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार

सहायताकर्मीमाथिको हिंसा नरोकिएकोमा राष्ट्रसङ्घ चिन्तित

३२ श्रावण, एजेन्सी । संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा चिन्ता व्यक्त गरेको छ । इराकको राजधानी बग्दादस्थित राष्ट्रसङ्घीय कार्यालयमा २० वर्षअघि भएको घातक हमलाको सन्दर्भमा उक्त विश्वसंस्थाले सहायताकर्मीमाथि आक्रमण नरोकिएकामा चिन्ता व्यक्त गरेको हो । यो वर्ष संसारभरि ६२ जना मानवीय सहायताकर्मीले विभिन्न आक्रमणमा परी ज्यान गुमाएको जनाएको छ ।

डुङ्गा दुर्घटनामा ६३ भन्दा बढीको मृत्यु भएको आशङ्का

३२ श्रावण, एजेन्सि । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको

आर्थिक पुनः उत्थान ‘कष्टप्रद’, पश्चिमा आलोचकहरू ‘गलत साबित हुनेछन्’ : चीन

३२ श्रावण, एजेन्सी । चीनले बुधबार आफ्नो आर्थिक पुनः उत्थान ‘उथलपुथल पूर्ण र कष्टकर प्रक्रिया’ हुने तर पश्चिमा आलोचकहरू ‘निश्चित रूपमा गलत साबित हुने’ बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ पछि चीनको अस्त व्यस्तताप्रति चिन्ता व्यक्त गर्ने हालैका आँकडाले चीनको बढ्दो आर्थिक समस्याले चीनलाई ‘टाइम बम’ विस्फोट पहिलेको अवस्थामा पुर्‍याएको

भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

३२ श्रावण, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ । “सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ । उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको

सिरियामा शतप्रतिशत तलब वृद्धि गर्न राष्ट्रपतिको निर्देशन

३२ श्रावण, एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असदले मङ्गलबार शतप्रतिशत तलब वृद्धि गर्न आदेश दिएका छन् । सरकारले इन्धनको मूल्य उच्च अङ्कले वृद्धि गरेपछि सरकारद्वारा दिने मासिक तलबमानमा पनि वृद्धि गर्न राष्ट्रपतिले निर्देशन दिएका हुन् । सन् २०११ मा सिरियाली युद्ध सुरु भएयता राज्यका कर्मचारी, अवकाशप्राप्त र सैनिक कर्मचारीको

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु

३१ ,श्रावण ,नयाँदिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ । सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पु¥याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको

हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो

३१ श्रावण, एजेन्सी । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बर वा तेब्बरले बढ्नसक्ने बताउनुभएको छ । अघिल्लो मङ्गलबार वनबाट सल्केको डढेलोले लहाइनाका झण्डै १३ हजार घरमा क्षति भएको छ

स्पेन पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा

३१ श्रावण, एजेन्सी । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो । स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीबाट तीन गोल अन्तिम नौ मिनेटमा सम्भव भएको

सम्वन्धित समाचारहरु