Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

थाइल्याण्डको होटलमा आगलागी हुँदा ३ जनाको मृत्यु


काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककको एक होटलमा आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको स्थानीय दमकल विभागले जनाएका छन् ।

सोमवार बैंककको लोकप्रिय ब्याकप्याकर क्षेत्र खाओ सान रोड नजिक रहेको ६ तले होटलमा राति करिव ९ः२१ बजे आगलागी भएको हो । पाँचौं तल्लाको कोठाबाट शुरु भएको आगलागीबाट एक विदेशी महिलाको तत्काल मृत्यु भएको थियो ।

घाइते दुई विदेशीको पछि अस्पतालमा मृत्यु भएको बताएका छन् । सात जना घाइतेमध्ये दुई जना थाई पुरुष र पाँच विदेशी रहेको स्थानीय दमकल विभागले जनाएका छन् । होटललाई सुरक्षा निरीक्षणका लागि बन्द गर्न आदेश दिएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?