Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने !


काठमाडौँ । सहकारी विभागले सहकारी संस्थाहरूको सन्दर्भ ब्याजदर घटाएर १३ प्रतिशत कायम गरेको छ। यसअघि सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो।

नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ। अब सहकारी संस्थाले कारोबारको अवस्था र आवश्यकताका आधारमा १३ प्रतिशतभन्दा कम हुने गरी ब्याजदर निर्धारण गर्नुपर्नेछ। विभागका अनुसार सहकारीले हर्जाना लिँदा असुल हुन बाँकी ब्याज रकममा ५ प्रतिशतभन्दा बढी हर्जाना लिन पाउने छैनन्। साथै प्रशासनिक, सेवा, नवीकरण शुल्क वा फारम दस्तुरलगायतका नाममा ऋणीबाट थप रकम लिनसमेत रोक लगाइएको छ।

निर्धारित व्यवस्था पालना नगर्ने सहकारी संस्थामाथि कारबाही गरिने विभागले जनाएको छ।


प्रकाशित मिति: १ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?