Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू


प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका साथ प्रश्तुत हुनुस्

काठमाडौँ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरु प्रभावकारी रुपमा उठाउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं श्रृङ्खला “हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उनले प्रधानमन्त्री बालेन्द्र साहलाई महासभामा भाग लिएको यो नै पहिलो पटक हो भन्ने गरी आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन् । उनले विगतका सरकारको विरासत बोकेर र आउने सरकारको अगुवा बनेर महासभामा निर्धक्कका साथ आफ्ना भनाइहरु राख्न सुझाव दिएका छन् । सिंगो देशको प्रतिनिधित्व हुनेगरी सबै नेपालीका भावनाको प्रतिनिधित्व गर्न सुझाव दिए । जलवायु परिवर्नतको असरका क्षेत्रमा अध्ययन गर्नेहरु धेरै रहेकाले उनीहरुको सुझाव लिएर प्रमाणसहित महासभामा प्रश्तुत हुन आग्रह गर्दै उनले महासभामा नेपालले केका लागि आवाज उठाउने र केका लागि लड्ने भन्ने विषय स्पष्ट राख्नुपर्ने सुझाव दिएका छन् ।

सभापति थापाले भने, ‘हामी सम्माननीय प्रधानमन्त्रीज्युलाई के भनिरहेका छाँै । तपाईं हामी सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ । यो भन्दा अगाडिका सरकारको पनि विरासत बोकेर जाँदै हुनुहुन्छ । यो भन्दा पछाडि आउने सरकारको पनि अगुवा बनेर जाँदै हुनुहुन्छ । सिंगो देशलाई प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ । यो बेलामा हाम्रो विश्वास छ, प्रधानमन्त्रीले हामी सबैको कुरा सुनिरहनुभएको छ । हाम्रो सुझाव पनि छ, यो क्षेत्रमा यति धेरै नेपाली साथीहरुले यसमा अध्ययन गर्नुभएको छ, काम गर्नुभएको छ । नेपालभित्रै हुनुहुन्छ । अध्येता, अध्यापन गराइरहनुभएको छ । हाम्रो सोर्स हो । महासभामा हामीले हाम्रो आफ्नो लागि लड्ने के हो ? विपद्को प्रभाव जुन ठाउँमा परेको छ, त्यस ठाउँमा तुरुन्तै बस्तीहरु बसाउने की नबसाउने ? भन्ने विषयदेखि लिएर हाम्रो संस्थालाई कसरी बलियो बनाउने भन्ने छ । जलवायु परिवर्तनको मुद्दा केन्द्रमा राख्नुपर्छ । अनुमानका आधारमा नभइ प्रमाणका आधारमा राख्नुपर्छ ।’

सभापति थापाले नेपालले हरेक क्षेत्रमा जलवायुका मुद्दालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने भन्दै अनुमानका आधारमा नभइ प्रमाणका आधारमा प्रश्तुत हुन सुझाव दिएका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?