Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पाकिस्तानको पञ्जावमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु


काठमाडौँ । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको अट्टक जिल्लामा सोमवार एक यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

साथै अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् । दुर्घटना जिल्लाको फतेह जंग क्षेत्र नजिकैको मोटरवेमा भएको थियो जब बसको चालकले टायर फुटेका कारण गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो ।

दुर्भाग्यपूर्ण दुर्घटनामा परी ज्यान गुमाउनेमा महिला र बालबालिका रहेका अधिकारीहरूले बताएका छन् । बस पूर्वी बहावलपुर जिल्लाबाट सङ्घीय राजधानी इस्लामावादतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

घटनाको जानकारी पाएपछि उद्धारकर्मीसहित प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो । जहाँ दुई यात्रुको अवस्था गम्भीर रहेको बताएका छन् । यसअघि सोमवार बिहान देशको दक्षिणी सिन्ध प्रान्तको नौशाहरो फिरोज जिल्लामा एक यात्रु भ्यान र ट्रेलर आपसमा ठोक्किँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

१५ जना घाइते भएका थिए ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?