Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पाकिस्तानको पञ्जावमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु


काठमाडौँ । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको अट्टक जिल्लामा सोमवार एक यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

साथै अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् । दुर्घटना जिल्लाको फतेह जंग क्षेत्र नजिकैको मोटरवेमा भएको थियो जब बसको चालकले टायर फुटेका कारण गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो ।

दुर्भाग्यपूर्ण दुर्घटनामा परी ज्यान गुमाउनेमा महिला र बालबालिका रहेका अधिकारीहरूले बताएका छन् । बस पूर्वी बहावलपुर जिल्लाबाट सङ्घीय राजधानी इस्लामावादतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

घटनाको जानकारी पाएपछि उद्धारकर्मीसहित प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो । जहाँ दुई यात्रुको अवस्था गम्भीर रहेको बताएका छन् । यसअघि सोमवार बिहान देशको दक्षिणी सिन्ध प्रान्तको नौशाहरो फिरोज जिल्लामा एक यात्रु भ्यान र ट्रेलर आपसमा ठोक्किँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

१५ जना घाइते भएका थिए ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?