काठमाडौँ । मङ्गोलियाको पशुधन जनसंख्या २०२४ मा ५७.६ मिलियनमा झरेको छ ।
जुन अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशतले घटेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) ले सोमवार यो कमी मुख्यतया मशगम भनेर चिनिने चरम जाडो अवस्थाहरूलाई कारण मानेको छ । जसले पछिल्लो जाडोमा पशुधनको अस्तित्वलाई गम्भीर रूपमा असर गरेको बताएका छन् ।
मशगम एक मङ्गोलियन शब्द हो । जुन अध्याधिक चिसो जाडोलाई जनाउँछ । जब पशुधनहरू जमेको वा हिउँले ढाकिएको जमीनको कारण बाँच्नको लागि संघर्ष गर्छन् ।
एनएसओको हालैको वार्षिक पशुगणनाअनुसार कुल पशुधन जनसंख्यामा ४२.५ प्रतिशत भेडा, ३९.८ प्रतिशत बाख्रा, ८.८ प्रतिशत गाईवस्तु, ८.१ प्रतिशत घोडा र ०.८ प्रतिशत ऊँट रहेका छन् । मुलुकका २१ प्रान्तहरूमध्ये उत्तरी प्रान्त खुव्स्गुलमा ५.२ मिलियन, मध्य प्रान्त उबुरखाङ्गाई र तुभमा क्रमशः ५.१ मिलियन र ४.२ मिलियन पशुधन रहेको छ ।
गाईवस्तु गोठाला मंगोलियाको लागि एक महत्वपूर्ण क्षेत्र हो । आफ्नो घुमन्ते परम्पराहरूका लागि परिचित देश हो । भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवद्र्धनलाई सबैभन्दा व्यवहार्य समाधानका रूपमा लिइन्छन् ।
प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार