Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

२०२४ मा पाकिस्तानमा ३८३ सुरक्षाकर्मी, ९२५ आतंकवादी मारिए


काठमाडौँ । सन् २०२४ मा पाकिस्तानमा ३८३ सुरक्षाकर्मी र ९२५ आतंककारीहरू मारिएका छन् ।

पाकिस्तानभर सञ्चालन गरिएका ५९ हजार ७७५ अभियानहरूमा ३८३ सुरक्षाकर्मी, ९२५ आतंकवादी मारिएको पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बताए । कारबाहीका क्रममा प्रतिवन्धित तेहरिक–ए–तालिबान पाकिस्तान र अन्य आतंकवादी समूहका ७३ उच्च मूल्यवान लक्ष्यहरू मारिएका थिए ।

इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का महानिर्देशक अहमद सरिफ चौधरीले यस वर्ष विगत पाँच वर्ष यताकै सबैभन्दा धेरै आतंककारीहरूलाई निष्प्रभावी बनाइएको बताएका छन् ।

एक वर्षमा पाकिस्तानी सेना, कानून प्रवर्तन र गुप्तचर एजेन्सीहरू र पाकिस्तानी पुलिसले दैनिक आधारमा १७९ भन्दा बढी अपरेशनहरू सञ्चालन गरेका थिए । पाकिस्तानी सेनाले आतंकवाद विरोधी प्रयास र सीमा सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण प्रगति गरेको चौधरीले बताए ।

पाकिस्तानी सेनाले तस्करी, लागुपदार्थको तस्करी, बिजुली चोरी, र होर्डिङ विरुद्ध लड्न आफ्नो अभियान विस्तार गरेको बताएका छन् ।


प्रकाशित मिति: १५ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?