Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सुडानद्वारा भोकमरीसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदन अस्वीकार


काठमाडौँ । सुडानले देशमा अनिकाल फैलिएको सङ्केत गर्ने अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनलाई अस्वीकार गरेका छन् ।

सुडानी सरकारले हालसालै जारी गरेको इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी), विश्वव्यापी भोकमरी मनिटर, गलत मापदण्ड र अनुमानित नतिजाहरूमा आधारित रहेको प्रतिवेदन अस्वीकार गरेका हुन् ।

सुडानको अवस्था यस युद्ध अन्तर्गत फरक रहेको र प्रीतवेदनको निस्कर्ष वास्तविकतामा आधारित नरहेको बताएका छन् । सुडानले स्थलगत रिपोर्ट बिनै तयार पारिएकाले प्रतिवेदन अस्वीकार गर्नुपरेको सुडानका कृषिमन्त्री अबु बकर अल बुशराले बताएका छन् ।

प्रतिवेदन पुरानो सूचना, दूर सञ्चार र माध्यमिक स्रोतहरूमा निर्भर रहेको बताएका छन् । यस हप्ताको शुरुमा जारी गरिएको प्रतिवेदनमा आईपीसीले सुडानको कम्तीमा पाँच क्षेत्रमा अनिकाल रहेको बताएका छन् ।

जसमा उत्तरी दारफुरको जम्जाम बिस्थापन शिविर र पश्चिमी नुबा पर्वतका केही भागहरू छन् । प्रतिवेदनले सुडानका अन्य १७ क्षेत्र भोकमरीको जोखिममा रहेको पनि उल्लेख गरेका छन् ।

सुडान अप्रिल २०२३ को मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सहरू बीचको विनाशकारी द्वन्द्वले आक्रान्त छ । जसले २९ हजार ६८० भन्दा बढीको ज्यान लियो र सुडान भित्र वा बाहिर १४ मिलियन भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको थियो ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?