काठमाडौँ। सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा अनुभव र विज्ञता हासिल गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको हो। भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजङ्ग थापा सिफारिस भएका छन्।
त्यस्तै बेलायतमा गौरव शम्शेर जबरा, जापानमा जिग्यान कुमार थापा, इजरायलमा सुरेशकुमार कर्ण, स्पेनमा प्राप्ति शेरचन, जर्मनीमा शारू जोशी, ओमानमा डा. पद्माक्षी राणा, मलेसियामा चूडामणि खरेल, दक्षिण कोरियामा प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्कामा डा. मञ्चला झा र साउदी अरेबियामा गिरीबहादुर सुनार सिफारिस भएका छन्।
अब सिफारिस भएका नाम संसदीय सुनुवाइका लागि पठाइनेछ। सुनुवाइपछि सम्बन्धित देशबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार