एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले आफूहरु एक व्यापार सम्झौतामा पुगेको बताएका छन् । जस अन्तर्गत संयुक्त राज्य अमेरिकाले युरोपेली संघका सामानहरूमा १५ प्रतिशतको आधारभुत कर लगाउनेछ । स्कटल्याण्डको साउथ आयरशायरमा ट्रम्प टर्नबेरीमा व्यापार वार्तापछि आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गरिएको थियो ।
एजेन्सी। थाईल्याण्डको राजधानी बैंककमा सोमवार भएको गोलीबारी घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको स्थानीय मिडिया थाइराथले रिपोर्ट गरेको छ । बन्दुकधारीले आत्महत्या गर्नुअघि बजारमा गोली चलाएको रिपोर्टमा उल्लेख छ ।
एजेन्सी। थाइल्याण्ड र कम्बोडिया युद्धविरामका लागि सहमत भएका छन् । दुई देशका नेताहरू सोमवार मध्यरातदेखि युद्धविराम लागू गर्न सहमत भएका हुन् । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले पुत्रजयामा आयोजना गरेको बैठकपछि दुई देशका नेताहरु युद्ध विरामका लागि सहमत भएका हुन् । कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो ।
एजेन्सी। टर्किए अहिले डढेलोसँग लडिरहेको छ । उत्तरपश्चिममा आगो तिब्र गतिले फैलिएपछि गाउँ खाली गराउन शुरु गरिएको छ । तेज हावा र उच्च तापक्रमको बीचमा नयाँ अग्नि नियन्त्रक अभियान शुरु गरेको छ । राष्ट्रपति सञ्चार निर्देशनालयले साँझ भन्यो कि जुलाई २६ मा देशभर एकैसाथ ८४ वटा डढेलो लागेको थियो ।
एजेन्सी। इराकी मौसम विज्ञान संगठन र भूकम्प विज्ञानले सोमवार १३ प्रान्तमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी पुगेको जनाएको छ । बगदाद, वासित, मैसान, धी कार र बसरा प्रान्तमा ५१ डिग्री सेल्सियसको उच्चतम तापक्रम रेकर्ड गरिएको छ भने किर्कुक, सलाहुद्दीन, दियाला, करबला, बाबिल, नजफ, दिवानियाह र मुथन्ना प्रान्तमा ५० डिग्री सेल्सियस
एजेन्सी। पूर्वी म्यानमारको शान राज्यमा आएको बाढीमा परी चार जनाको मृत्यु भएको छ । अन्य चार जना अझै बेपत्ता रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । आईतवार राति भएको भारी वर्षाका कारण बाढी आएको हो । पानी पिन्डाया टाउनशिपको कोनेसाङ गाउँमा पाँच घर बगाएको र आठ जना बेपत्ता भएका छन्
एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पूर्वी भागमा सूर्योदय हुनुभन्दा धेरै अघिबाट सयौं बासिन्दाहरू सुख्खा, चर्किएको जमिनबाट निस्केको सानो पाइप वरिपरि भेला हुन्छन् । खाली प्लास्टिक ब्यारेलहरू समातेर उनीहरु भेला भएको देख्न सकिन्छ । उनीहरू आशा र निराशा बोकेर त्यहाँ पुगेका हुन्छन् । यो कुनै साधारण इनार होइन तर ३०० मिटर गहिरो
एजेन्सी। उत्तरी भारतको उत्तराखण्ड राज्यको एक हिन्दु मन्दिरमा आईतवार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । साथै २९ जना घाइते भएको प्रहरीले जनाएको छ । उत्तराखण्डको राजधानी देहरादुनबाट करिव ५३ किलोमिटर दक्षिणमा रहेको हरिद्वार जिल्लाको मनसा देवी मन्दिरमा भागदौड मच्चिएको थियो । मन्दिरको बाटोबाट १०० मिटर तल सिँढीमा रहेका
एजेन्सी। देशको निर्वाचन निकाय क्यामरुन (एलेक्याम) ले घोषणा गरेअनुसार राष्ट्रपतिको दौडमा उम्मेदवार हुन आवेदन दिएका ८३ मध्ये १३ उम्मेदवारहरूलाई अस्थायी रूपमा अनुमोदन गरिएको छ । एलेक्यामको निर्वाचन बोर्डका अध्यक्ष एनो अब्राम्स एग्बेले दिएको घोषणा क्यामरुनको राजधानी याउन्डेमा गरिएको थियो । अक्टोबर १२, २०२५ मा हुने राष्ट्रपति चुनावका लागि कानूनी आवश्यकताहरू
एजेन्सी। थाईल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम वेचायचाईले थाई–कम्बोडियाली सीमा मुद्दामा छलफलका लागि मलेसिया जाने प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने भएको छ । थाई सरकारका प्रवक्ता जिरायु हाउङसुबले फुम्थम सोमवार मलेसियाका प्रधानमन्त्री, वर्तमान आसियान अध्यक्ष अनवर इब्राहिमको निमन्त्रणामा मलेसिया जाने बताए । थाई प्रतिनिधिमण्डलमा विदेशमन्त्री मारिस संग्याम्पोङ्सा पनि सामेल हुने बताइएको छ । प्रवक्ताकाअनुसार