Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने


विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह दिने भएको छ । बिहीवारदेखि विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर सो बैंकले विशेष कस्टमर सर्भिस एरिया शुभारम्भ गरेको हो । शुभारम्भ कार्यक्रममा ग्लोवल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा बसेका नेपाललाई लक्षित गरेर बैंकले २४ सै घण्टा सेवा प्रवाह आजैदेखि थाल्न निर्देशन दिनुभयो । ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड सबै पक्षबाट नम्बर १ बैंक भएकाले विदेशमा बस्ने नेपालीका लागि सेवा सुविधाका लागि छुट्टै डिभिजन स्थापना गरेर सेवा प्रवाह बैंकिङ इतिहासमै पहिलोपटक थालिएको बताउनु भयो । अध्यक्ष ढकालले भन्नुभयो–‘ग्लोवल आइएमई बैंक जुन रुपमा नम्बर वान बनिरहेको छ । हाम्रा हरेक आउटपुट त्यही अनुरुप प्यारामिटरमा आउनुपर्छ । नेपालीहरु अष्टेलिया, युरोप, अमेरिका, मध्यपूर्वीदेशदेखि कोरिया, जापान लगायत विभिन्न देशमा नेपालीहरु रहेका कारण आजै देखि २४ सैँ घण्टा कस्टुमर सर्भिस दिने हिसाबले काम थाल्नुपर्छ । जस्तो अष्टेलियामा ५ घण्टा समय अघि छ, युरोपमा ४ घण्टा समय पछाडी छ । अमेरिकामा ११/१२ घन्टा नै फरक छ । हामी सबै देशमा रहेका नेपालीका लागि कुनै इस्यु हुँदा बित्तिकै २४ सै घन्टा सर्भिस दिने हिसावले थालाँै ।’ नेटवर्कका हिसावले ग्लोवल आइएमइ सबैभन्दा ठूलो बैंक भएकाले सोही अनुसारको सर्भिस प्रवाहमा बिलम्व गर्न नहुने उहाँको भनाइ थियो । ग्लोवल आइएमई बैंकले आजदेखि थालेको नयाँ सुविधाले विदेशमा बस्ने नेपाली नागरिक (एनआरएन) तथा ओभरसिज नेपालीहरूलाई नेपालमा बैंकिङ सेवा लिन सजिलो बनाउने अपेक्षा गरिएको छ । अब एनआरएनहरूले बचत तथा फिक्स्ड डिपोजिट अकाउन्ट खोल्न, विदेशी मुद्रामा कारोबार गर्न सक्नेछन् ।

काठमाडौँ । विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह दिने भएको छ ।

बिहीवारदेखि विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर सो बैंकले विशेष कस्टमर सर्भिस एरिया शुभारम्भ गरेको हो । शुभारम्भ कार्यक्रममा ग्लोवल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा बसेका नेपाललाई लक्षित गरेर बैंकले २४ सै घण्टा सेवा प्रवाह आजैदेखि थाल्न निर्देशन दिनुभयो । ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड सबै पक्षबाट नम्बर १ बैंक भएकाले विदेशमा बस्ने नेपालीका लागि सेवा सुविधाका लागि छुट्टै डिभिजन स्थापना गरेर सेवा प्रवाह बैंकिङ इतिहासमै पहिलोपटक थालिएको बताउनु भयो ।

अध्यक्ष ढकालले भन्नुभयो,‘ग्लोवल आइएमई बैंक जुन रुपमा नम्बर वान बनिरहेको छ । हाम्रा हरेक आउटपुट त्यही अनुरुप प्यारामिटरमा आउनुपर्छ । नेपालीहरु अष्टेलिया, युरोप, अमेरिका, मध्यपूर्वीदेशदेखि कोरिया, जापान लगायत विभिन्न देशमा नेपालीहरु रहेका कारण आजै देखि २४ सैँ घण्टा कस्टुमर सर्भिस दिने हिसाबले काम थाल्नुपर्छ । जस्तो अष्टेलियामा ५ घण्टा समय अघि छ, युरोपमा ४ घण्टा समय पछाडी छ । अमेरिकामा ११/१२ घन्टा नै फरक छ । हामी सबै देशमा रहेका नेपालीका लागि कुनै इस्यु हुँदा बित्तिकै २४ सै घन्टा सर्भिस दिने हिसावले थालाँै ।’

नेटवर्कका हिसावले ग्लोवल आइएमइ सबैभन्दा ठूलो बैंक भएकाले सोही अनुसारको सर्भिस प्रवाहमा बिलम्व गर्न नहुने उहाँको भनाइ थियो । ग्लोवल आइएमई बैंकले आजदेखि थालेको नयाँ सुविधाले विदेशमा बस्ने नेपाली नागरिक (एनआरएन) तथा ओभरसिज नेपालीहरूलाई नेपालमा बैंकिङ सेवा लिन सजिलो बनाउने अपेक्षा गरिएको छ । अब एनआरएनहरूले बचत तथा फिक्स्ड डिपोजिट अकाउन्ट खोल्न, विदेशी मुद्रामा कारोबार गर्न सक्नेछन् ।


प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?