Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु


एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीभित्र हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन वा राजनीतिक घटनाक्रमको समीक्षा तल्लो तहबाटै स्वतःस्फूर्त रूपमा शुरु भइसकेको बताउनुभएको छ ।

केन्द्रबाट कुनै औपचारिक परिपत्र वा निर्देशन जारी नभए पनि पार्टीको वडा र जिल्ला तहका कमिटीहरूले आ–आफ्नो स्तरमा समीक्षा बैठकहरू गरिरहेको र त्यसको रिपोर्ट तयार पार्ने काम भइरहेको उहाँले जानकारी दिनुभएको हो । पार्टीको केन्द्रिय बैठकमा समीक्षाको एजेण्डा तय भएपनि तत्काल त्यस विषयमा प्रवेश गर्न नसकिएको भट्टले स्पष्ट पार्नुभयो । उहाँका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यतिबेला पितृशोक परेको र यो समय गहिरो समीक्षा गर्ने उपयुक्त समय नभएकाले बैठकमा उक्त एजेन्डा थाती राखिएको हो ।

उहाँले भन्नुभयो, ‘आज दुई वटा एजेण्डा थिए, तर समीक्षाको पार्टएमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरुमा हामी कहीँ कतै प्रवेश गरेनौँ । अध्यक्षलाई शोक परेको बेला यो समीक्षा गर्ने समय थिएन । यो हाम्रो पार्टीको जीवनसँग जोडिएको विषयवस्तु हो । हरेक योजनाहरूको अन्त्यपछि समीक्षा हुने गर्छ । कहाँ कति कमीकमजोरी भयो भन्ने कुरा तलबाटै स्वतःस्फूर्त रूपले उठिरहेको छ । यसका लागि केन्द्रले निर्देशन दिइराख्नुपर्ने आवश्यकता नै छैन ।’

अध्यक्ष ओली शोकबाट मुक्त भइसकेपछि बस्ने आगामी बैठकमा मात्रै पार्टीले औपचारिक रूपमा समीक्षाको प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ छ ।


प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?