२३ जेष्ठ ,कटारी । उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो । नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी
२२ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ । महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब
२२ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् । बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुलबाट घर फर्कंनासाथ
२२ जेठ, झापा । दमक नगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो । नगरको पशुसेवा शाखाका प्रमुख गणेशकुमार प्रधानले जिल्लामै पहिलोपटक दमक नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि रु १० लाख बराबरको
२१ जेठ, मोरङ । मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ । वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ । बिहानदेखि घर बाहिर हिँडडुल गर्न मुस्किल भएको
२१ जेठ, ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् । सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ
२० जेठ, धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु
२० जेठ, झापा । पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ । भारु २ हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । १ हप्ताअघि भारतको केन्द्रीय बैंकले भारु २ हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको
२० जेष्ठ ,मङ्गलबारे । पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो । समितिका अनुसार फागुनमा रु २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा रु २०
१९ जेठ, उदयपुर । त्रियुगा नगरपालिकाको गाईघाट बजारसहितका क्षेत्रमा केही दिनयता खडेरी र तापक्रम बढेसँगै जमिनमुनिको पानीको सतह ह्वात्तै घटेपछि ट्युबवेलबाट पानी आउन छाडेको छ । जमिनको सतहबाट पानी घटेर ट्युबवेलबाट पानी आउन छाडेपछि अहिले कतिपय स्थानीय पिउने पानीका लागि निकै समस्या भोग्न परेको गुनासो गर्न थालेका छन् । त्रियुगा–१२ डिएम