Trending
>>   संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो >>   चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु >>   प्रेम सम्बन्ध भएको समयमा खिचिएका अश्लिल भिडियोहरू पठाएको आरोपमा दुई जना पक्राउ >>   न्याय परिषद् सदस्यमा प्रश्तावित खड्का बिरुद्ध उजुरी आह्वान >>   ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे >>   पक्षघात उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको निर्णय >>   ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन >>   ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याईसक्यौं : मन्त्री यादव >>   चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ >>   गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै !
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी


२५ जेठ, झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले सुकुम्बासीलाई जग्गाधनी बनाउन लागिपरेको बताएकी छन् । झापाको कनकाई नगरपालिकामा बुधबार आयोजित ‘भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण कार्यक्रम’मा उहाँले राष्ट्रिय भूमि आयोग गठन गरेर सरकार हरेक नागरिकलाई जग्गाधनी बनाउन लागिपरेको बताइन् ।

“सरकार हरेक नागरिकमा भूमिको पहुँच पुर्याउन लागिपरेको छ”, उनले भनिन्, “सोहीअनुरुप सरकारले गठन गरेको भूमि आयोगले समेत काम गरिरहेको छ ।” मन्त्री चौधरीले कनकाई–५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गा धनीपुर्जा प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेकी हुन् । नगरपालिकाले आज कनकाई–५ का २२ र कनकाई–८ का छ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरेको छ ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले ऐन कानुन संशोधनसँगै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधान हुन थालेको बताए । उनले ६ सय ९१ वटा स्थानीय तहसँग सम्झौता भएर काम अघि बढेकोसमेत जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष महेन्द्र खड्काले देशव्यापीरूपमा भूमि आयोगले काम गरिरहेको बताए । उनले हालसम्म भूमि आयोगमा आठ लाख ७३ हजार निवेदन आएको र आठ लाख बढीले निस्सासमेत पाइसकेको जानकारी दिए । राष्ट्रिय भूमि आयोगका झापा अध्यक्ष तिलकसिंह पाण्डेले झापामा वनका प्रतिनिधिले असहमति जनाउँदा सोचेअनुरुपको काम हुन नसकेको बताए । “दैनिक २५–३० जनाले फोन गरेर मेरो काम के भयो भनेर सोध्नुहुन्छ”, उनले भने, “प्राविधिक समस्याले काम अघि बढ्न सकेको छैन ।”

Nabil bank
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काम गर्ने कुरामा नीतिगत कमजोरी भए त्यसलाई हटाउनुपर्नेमा जोड दिए । उनले भने, “कमजोरी छ भने सच्याउनुपर्छ, सरकारले मुलुकबासीलाई सुकुम्बासी हुन दिनुहुँदैन ।” नगरप्रमुख राजेन्द्र पोखरेलले धनीपुर्जा वितरणमा समस्या हुँदा आमनागरिक निरन्तर रुमलिएर पीडामा रहनुपरेको बताए । नगरले दुई वर्षअघि नै तथ्याङ्क सङ्कलन सकेको बताउँदै उनले सात हजार कित्ता धनीपुर्जा बाँड्नुपर्नेमा मुस्किलले ५५ वटा धनीपुर्जा बाँड्न सकिएको बताए ।

“एक हजार धनीपुर्जा बाँड्न सक्ने गरी काम सकेका छौँ”, उनले भने, “तर पनि बाँड्न सकेका छैनौँ, सरकारसँगै आयोग परिवर्तन हुँदा समस्या भएको छ, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएर धनीपुर्जा बाँड्ने वातावरण सरकारले बनाउनुपर्छ ।”


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?