Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपाली संस्कृति संरक्षणका लागि विद्यार्थीलाई अनिवार्य नेपाली टोपी


२५ जेष्ठ ,किमाथाङ्का । सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा रहेको हिमालय माध्यमिक विद्यालयमा नेपाली टोपी अनिवार्य गरेको छ । राष्ट्रियताप्रतिको सम्मान र नेपाली संस्कृति संरक्षणका लागि हिमालय माध्यमिक विद्यालयमा छात्रका लागि नेपाली टोपी अनिवार्य गरेको हो ।

विद्यालयले नेपाली टोपी अनिर्वाय गरेपछि हिमालय माविका छात्र शिरमा नेपाली ढाकाटोपी सजाएर आउन थालेका छन् । नयाँ शैक्षिकसत्रको सुरुबाटै छात्रलाई विद्यालय पोशाकमा नेपाली टोपी र छात्रालाई दुईचुल्ठी बाट्ने र कक्षागत रिबन लगाउन अनिर्वाय गरेको हिमालय माविका सूचना अधिकारी भरत कुलुङले जानकारी दिए ।

नेपाली पहिचान र गौरवसँग जोडिएको नेपाली टोपी सबै विद्यार्थीलाई अनिवार्य गरिएको सूचना अधिकारी कुलुङले बताए । सुरुआतमा ७० प्रतिशत विद्यार्थीले नेपाली टोपी लगाएर आउन थालेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर र नेपाली टोपी खरिद गर्न नसक्ने विद्यार्थीले लिखित निवेदनका आधारमा विद्यालयले खरिद गरेर उपलब्ध गराउने सूचना अधिकारी कुलुङले बताए ।

नेपाली टोपी नलगाउने छात्र र दुईचुल्ठी कपाल नबाट्ने छात्रालाई हुने अतिरिक्त क्रियाकलापमा भाग लिन पाउँदैनन् । आधुनिकता भित्रिएसँगै विद्यार्थी आधुनिक पोशाक नै लगाउन खोज्छन्, टाइसुटमा नसजिइकनै विद्यार्थी स्कुल जानसमेत मान्दैनन् । तर पछिल्लो समय हिमालय माविका विद्यार्थी ढाका टोपीमा विद्यालय आउँछन् ।

विद्यालयका करिब एक हजार चार सय ५४ विद्यार्थीले नेपाली टोपी र दुईचुल्ठी कपाल बाटेर विद्यालय प्रवेश गर्छन् । ढाकाटोपी नेपालीको पहिचान हो । एक दशकदेखि नेपालमा टोपी दिवससमेत मनाउन थालिएको छ । टोपीले विश्व समुदायमाझ नेपालीको चिनारी बोक्ने भएकाले यसको महत्व छ ।

हुन त जातीय राजनीति गर्ने दलले अहिले पहिचानका धेरै बहस बाहिर ल्याएका छन्, तर नेपाली टोपीले तराईका यादव समुदायदेखि हिमालका भोटे समुदायको प्रतिनिधित्व गर्छ भन्ने कुराको हेक्का राखिएको छैन ।

क्षेत्री, बाहुन, नेवार, तामाङ, राई, लिम्बू, यादव सबैले लगाउने भएकाले यो टोपी बहुजातीय पहिरन बनेको छ, तर युवा भने नेपाली टोपीलाई दिवसका दिनमा मात्रै पहिरिने गरेका छन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?