Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

नेपाली संस्कृति संरक्षणका लागि विद्यार्थीलाई अनिवार्य नेपाली टोपी


२५ जेष्ठ ,किमाथाङ्का । सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा रहेको हिमालय माध्यमिक विद्यालयमा नेपाली टोपी अनिवार्य गरेको छ । राष्ट्रियताप्रतिको सम्मान र नेपाली संस्कृति संरक्षणका लागि हिमालय माध्यमिक विद्यालयमा छात्रका लागि नेपाली टोपी अनिवार्य गरेको हो ।

विद्यालयले नेपाली टोपी अनिर्वाय गरेपछि हिमालय माविका छात्र शिरमा नेपाली ढाकाटोपी सजाएर आउन थालेका छन् । नयाँ शैक्षिकसत्रको सुरुबाटै छात्रलाई विद्यालय पोशाकमा नेपाली टोपी र छात्रालाई दुईचुल्ठी बाट्ने र कक्षागत रिबन लगाउन अनिर्वाय गरेको हिमालय माविका सूचना अधिकारी भरत कुलुङले जानकारी दिए ।

नेपाली पहिचान र गौरवसँग जोडिएको नेपाली टोपी सबै विद्यार्थीलाई अनिवार्य गरिएको सूचना अधिकारी कुलुङले बताए । सुरुआतमा ७० प्रतिशत विद्यार्थीले नेपाली टोपी लगाएर आउन थालेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर र नेपाली टोपी खरिद गर्न नसक्ने विद्यार्थीले लिखित निवेदनका आधारमा विद्यालयले खरिद गरेर उपलब्ध गराउने सूचना अधिकारी कुलुङले बताए ।

नेपाली टोपी नलगाउने छात्र र दुईचुल्ठी कपाल नबाट्ने छात्रालाई हुने अतिरिक्त क्रियाकलापमा भाग लिन पाउँदैनन् । आधुनिकता भित्रिएसँगै विद्यार्थी आधुनिक पोशाक नै लगाउन खोज्छन्, टाइसुटमा नसजिइकनै विद्यार्थी स्कुल जानसमेत मान्दैनन् । तर पछिल्लो समय हिमालय माविका विद्यार्थी ढाका टोपीमा विद्यालय आउँछन् ।

विद्यालयका करिब एक हजार चार सय ५४ विद्यार्थीले नेपाली टोपी र दुईचुल्ठी कपाल बाटेर विद्यालय प्रवेश गर्छन् । ढाकाटोपी नेपालीको पहिचान हो । एक दशकदेखि नेपालमा टोपी दिवससमेत मनाउन थालिएको छ । टोपीले विश्व समुदायमाझ नेपालीको चिनारी बोक्ने भएकाले यसको महत्व छ ।

हुन त जातीय राजनीति गर्ने दलले अहिले पहिचानका धेरै बहस बाहिर ल्याएका छन्, तर नेपाली टोपीले तराईका यादव समुदायदेखि हिमालका भोटे समुदायको प्रतिनिधित्व गर्छ भन्ने कुराको हेक्का राखिएको छैन ।

क्षेत्री, बाहुन, नेवार, तामाङ, राई, लिम्बू, यादव सबैले लगाउने भएकाले यो टोपी बहुजातीय पहिरन बनेको छ, तर युवा भने नेपाली टोपीलाई दिवसका दिनमा मात्रै पहिरिने गरेका छन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?