Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराँती


२३ जेठ, ओखलढुङ्गा। सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवद्र्धन आजको आवश्यकता भएको बताएका छन् ।

ओखलढुङ्गाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको आज यहाँ सुरु भएको घोषणा कार्यक्रममा मन्त्री किराँतीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा एवम् मठमन्दिरका टुँडाल पाठ्क्रमका रुपमा रहेका उल्लेख गरे ।

उनले भने, “नेपाली पहिचान बोकेका गाउँघरका उत्पादन र स्वादलाई पर्यटनको विकास र प्रवद्र्धनमा जोड्नुपर्छ । मुलुक र जनताको हितमा काम गर्नुपर्छ भन्ने हुटहुटी र सहासले पर्यटन क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्दै प्रवद्र्धनका कार्यक्रम गर्न कोसिस गरिरहेको छु ।”

यस्तै प्रतिनिधिसभाका सांसद रामहरि खतिवडाले राष्ट्रियता र विकासका मुद्दामा सबै राजनीतिक दलबीच न्यूनतम साझा सहमति आवश्यक रहेकाले यस्ता विषयमा दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी रहेको बताए । संविधानसभाका सदस्य यज्ञ सुनुवारले खिजी देम्बा क्षेत्र गल्फ र पर्यटनका लागि नयाँ गन्तव्य भएकाले विकास र समृद्धिका मुद्दामा जिल्लाका सवै राजनीतिक दलबीच एउटै मत हुन आवश्यक रहेको बताए ।

पर्यटक व्यवसायी आङछिरिङ शेर्पाले गल्फलगायत खेल पर्यटनकका लागि खिजीदेम्बा क्षेत्र उपयुक्त नयाँ गन्तव्य भएकाले त्यहाँको प्राकृतिक छटालाई कुनै नोक्सान नगरी पर्या–पर्यटनसमेत विस्तार गर्न सकिने धारणा व्यक्त गरे ।

खिजी देम्बा गाउँपालिका अध्यक्ष गोम्बु शेर्पाले चण्डेश्वरी विमानस्थलको स्तरोन्नति र  खिजीदेम्बा–थोलेदेम्बा क्षेत्र समेटिने पर्यटकीय पदमार्गलाई व्यवस्थित तुल्याउन केन्द्र र प्रदेश सरकारको आर्थिक सहयोगको अपेक्षा गरे । जिल्ला सदरमुकामबाट ६० किलोमिटर पश्चिम–उत्तरमा सुनुवार, तामाङ र शेर्पा जाति समुदायको बसोबास रहेको खिजी देम्बो क्षेत्र धार्मिक हिसाबले बौद्ध, किराँत र हिन्दूको त्रिवेणीका रुपमा रही आएको छ ।

समुद्री सतहबाट करिब तीन हजार तीन सय ५० मिटरको उचाइमा रहेको खिजी देम्बा डाँडा मुलुकका एक सय पर्यटन गन्तव्यस्थलमध्येको एक अब गल्फ खेलका लागि नयाँ गन्तव्य हुने विश्वास गरिएको छ । साहित्य र राजनीतिक परिवर्तनका लागि भएको क्रान्तिका हिसाबले ओगलढुङ्गा देशकै उर्वर भूमि मानिँदै आएको छ । युवाकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाले ओखलढुङ्गाको गरिमा र ओजलाई विश्वभर फैलाउन सफल भएका छन् ।

सो अवसरमा मन्त्री किराँतीले पोखली झर्ना, चिलिमडाँडा, माम्जेबौद्ध, चुलीथान, दोवाटेभञ्ज्याङ, खिजी चण्डेश्वरी, खिजी पलाटे, चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा हुँदै सोलुखुम्बुको पिके, दूधकुण्डहिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पदमार्गको घोषणा गरेका हुन् ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?