२७ ,भाद्र ,रसुवा । बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन् । जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ।
२६ ,भाद्र ,वालिङ (स्याङ्जा) । स्याङ्जाका एक समाजसेवीले क्यान्सरपीडित विपन्न परिवारको उपचारमा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गरेका छन् । आँधीखोला गाउँपालिका–३ का कृष्णप्रसाद शास्त्री पौडेलले परिवारजनको स्मृतिमा रु आठ लाखको अक्षयकोष स्थापना गरेका हुन् । उनले अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम गाउँपालिकालाई हस्तान्तरण गरे । पौडेलले आफ्ना बुबा
२६ भदाै, हेटाैँडा । हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार सय २१ पुगेको छ । उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म
२६ भदाै, जोमसोम । जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ । शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएर गएका र अर्का चिकित्सक नआएकाले एक हप्तायता जोमसोम अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको हो । जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने
२५ ,भाद्र ,काठमाडौँ । आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई रु एक करोड ८० लाख सहयोग प्रदान गरेको छ । फाउण्डेशनले काठमाडौँको बूढानिलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौ बाल अस्पताल ‘हब’ को भवन निर्माणका लागि रु एक करोड ८० लाख सहयोग गरेको हो । अस्पताल
२५ भदौ, चितवन । जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार स्थानीय अस्पतालमा
२४ भदौ, काठमाडाैँ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आजै साझ ५ बजे वीर अस्पताल भर्ना भएका पुर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था र भइरहेको उपचारका बिषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका छन् । मन्त्री बस्नेतले वीर अस्पतालको विशिष्ठ (भिआईपी) कक्षमा उपचार गराइरहेका डा.यादवलाई
२४ भदौ, काठमाडाैँ । पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री
२४ भदौ, काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए । सोही दिन उक्त अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट (बिपिएच)’ शल्यक्रिया गरेको अस्पतालले
२४ भदाै, काठमाडौँ। स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन्। इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै केही दिन पहिले