Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिने


३१ भदौ, बागलुङ । पछिल्लो समय आत्महत्याका घटना बढेकाले स्वास्थ्य कार्यालय बागलुङले सोसम्बन्धी अध्ययन गर्ने र न्यूनीकरणमा पहल गर्ने भएको छ ।

कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को समीक्षा कार्यक्रमपछि जारी घोषणापत्रमा सबै पालिकाले मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । मानसिक समस्याका कारण आत्महत्या बढेका कार्यक्रममा सहभागी १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा धौलागिरि अस्पतालका प्रतिनिधिले बताएका छन् ।

शतप्रतिशत खोपको मात्रा पुगेको जिल्ला बनाउने, आवश्यकताअनुसार खोप केन्द्र थप गर्नेलगायत विषय समेटेर २२ बुँदे घोषणापत्र जारी गरिएको कार्यालयका प्रमुख प्रविण शर्माले बताए । उनका अनुसार घोषणापत्रमा बालमैत्री जिल्ला बनाउने अभियानमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसबारेका सूचक पूरा गर्न सधैँ तयार रहने उल्लेख गरिएको छ ।

स्वास्थ्य संस्थामा रेकर्ड पद्धति व्यवस्थित बनाउने भन्दै प्रमुख शर्माले सबै पालिकाले विद्युतीय रेकर्ड पद्धति बसाल्दा यकीन तथ्याङ्क प्राप्त हुने र बाल स्वास्थ्यमा सुधार ल्याउन सकिने बताए । उाका अनुसार हरेक स्वास्थ्य संस्थामा रहेका खोप बचाउन ‘कोल्ड चेन’ पद्धतिलाई प्रभावकारी बनाउने सहभागीले घोषणा गरेका छन् ।

“कोल्ड चेनमा एक मिनेट पनि खराबी आयो भने खोपले काम गर्दैन”, शर्माले भने, “बरु कार्यालय सञ्चालनमा कर्मचारी नभए पालो गरौँ, कोल्ड चेन बिग्रियो भने उपचार गरेको अर्थ हुँदैन ।” हेपाटाइटिस बीलगायतका रोगविरुद्धको खोप माइनसमा राख्न नसकेमा काम नगर्ने हुँदा बिरामी निको नहुने उनले बताए । त्यस्तै अन्य रोगमा पनि तोकिएकै तापक्रम हुनुपर्नेमा कार्यालय सहयोगीको भरमा छाडियो भने करोडौँ लगानी डुब्ने र उपचार पनि प्रभावहिन हुने स्वास्थ्यकर्मीको ठहर छ ।

उक्त अवसरमा स्वास्थ्य कार्यालयले बागलुङका १० पालिका र सबै स्वास्थ्यचौकीको आन्तरिक मूल्याङ्कन गरेको थियो । मूल्याङ्कनमा बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रथम भएको छ । त्यस्तै बडिगाडकै आधारभूत स्वास्थ्य सेवाकेन्द्र खरवाङले उत्कृष्ट संस्थाको पुरस्कार पाएको छ ।

कार्यसम्पादनतर्फ तमानखोलाको बुङ्गादोभान स्वास्थ्यचौकी द्वितीय, निसीखोलाको बोहोरागाउँ स्वास्थ्य चौकी तृतीय र गलकोट नगरपालिकाको हटिया स्वास्थ्यचौकी सान्त्वना भएका छन् । पालिकातर्फ भने तमानखोला गाउँपालिका द्वितीय र गलकोट नगरपालिका तृतीय भएका छन् ।

संस्थामा उत्कृष्ट व्यानर तथा पोस्टर बनाएर राखेको भन्दै गलकोट नगरलाई प्रथम पुरस्कार दिइयो । बागलुङ नगरपालिका द्वितीय, तमानखोला तृतीय र बडिगाड गाउँपालिका सान्त्वना भएका थिए । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले उनीहरुलाई उत्कृष्टताको प्रमाणपत्र दिएका थिए ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?