Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन्ः अध्यक्ष ओझा


काठमाडौँ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले जलविद्युत परियोजनाको बीमाका सवालमा गुनासाहरु धेरै रहेको बताएका छन्।

नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले जलविद्युत परियोजनाको बीमा गर्ने सवालमा तहगत संलग्नतामा गुनासोहरु आउने गरेको बताए । उनले बीमाको क्षेत्रमा काम गरिरहेकाहरुको सुझाव र सहयोगका आधारमा राज्यले तय गरेको प्राथमिकता अनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्नसमेत समस्या भइरहेको उल्लेख गरे । लगानी आकर्षित र सुरक्षित बनाउनका लागि बीमाको सुरक्षा आवश्यक रहेको स्पष्ट पार्दै अध्यक्ष ओझाले बीमा सुरक्षाका लागि ऋण सहयोगको सुरक्षासँगै ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षाबारे स्पष्ट हुनुपर्ने बताए ।

उनले भने, ‘बीमाको क्षेत्रलाई थप व्यवस्थित बनाउन यो संस्थाको महत्वपूर्ण भुमिका रहेको छ । पछिल्लो केही समयमा जलविद्युत परियोजनाको विमा गर्ने सवालमा जुन तहको संलग्नता हुनुपर्ने हो त्यो नभएको भन्ने गुनासोहरु आउने गरेका छन् । यो विषयलाई इपानका पदाधिकारीहरुले पनि उठाउनुभएको थियो । विमाको क्षेत्रमा काम गरिरहेकाहरुको सहयोग र सुझावका आधारमा राज्यको जुन प्राथमिकता तय गरेको छ त्यसैअनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्न अवश्य कठिन हुन्छ । लगानी आकर्षित गर्न र लगानी सुरक्षित बनाउनका लागि वीमाको सुरक्षा आवश्यकता पर्दछ । बीमाको सुरक्षाका लागि ऋण सहयोगको सुरक्षा आवश्यक होला, ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षा होला । वीमामा हुन नसकेका कामहरुको हामीलाई चाहिएको समाधान हो । हामी कसरी हुनसक्ने संयन्त्र बनाउन सक्छौं अथवा कसरी बनाउन सकिन्छ । त्यसका लागि आवश्यक समयानुकुल गर्नुपर्ने कामहरु गर्नुपर्छ । र, यसले समग्र इण्डष्ट्रिमा मर्का नपर्नेगरि चाहे वीमा वा जलविद्युत परियोजनालाई होस् ।’

उनले वीमा क्षेत्रको सुधारका लागि हुनसक्ने संयन्त्र बनाउनतर्फ समयानुकुल कामहरु गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?