Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन्ः अध्यक्ष ओझा


काठमाडौँ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले जलविद्युत परियोजनाको बीमाका सवालमा गुनासाहरु धेरै रहेको बताएका छन्।

नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले जलविद्युत परियोजनाको बीमा गर्ने सवालमा तहगत संलग्नतामा गुनासोहरु आउने गरेको बताए । उनले बीमाको क्षेत्रमा काम गरिरहेकाहरुको सुझाव र सहयोगका आधारमा राज्यले तय गरेको प्राथमिकता अनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्नसमेत समस्या भइरहेको उल्लेख गरे । लगानी आकर्षित र सुरक्षित बनाउनका लागि बीमाको सुरक्षा आवश्यक रहेको स्पष्ट पार्दै अध्यक्ष ओझाले बीमा सुरक्षाका लागि ऋण सहयोगको सुरक्षासँगै ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षाबारे स्पष्ट हुनुपर्ने बताए ।

उनले भने, ‘बीमाको क्षेत्रलाई थप व्यवस्थित बनाउन यो संस्थाको महत्वपूर्ण भुमिका रहेको छ । पछिल्लो केही समयमा जलविद्युत परियोजनाको विमा गर्ने सवालमा जुन तहको संलग्नता हुनुपर्ने हो त्यो नभएको भन्ने गुनासोहरु आउने गरेका छन् । यो विषयलाई इपानका पदाधिकारीहरुले पनि उठाउनुभएको थियो । विमाको क्षेत्रमा काम गरिरहेकाहरुको सहयोग र सुझावका आधारमा राज्यको जुन प्राथमिकता तय गरेको छ त्यसैअनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्न अवश्य कठिन हुन्छ । लगानी आकर्षित गर्न र लगानी सुरक्षित बनाउनका लागि वीमाको सुरक्षा आवश्यकता पर्दछ । बीमाको सुरक्षाका लागि ऋण सहयोगको सुरक्षा आवश्यक होला, ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षा होला । वीमामा हुन नसकेका कामहरुको हामीलाई चाहिएको समाधान हो । हामी कसरी हुनसक्ने संयन्त्र बनाउन सक्छौं अथवा कसरी बनाउन सकिन्छ । त्यसका लागि आवश्यक समयानुकुल गर्नुपर्ने कामहरु गर्नुपर्छ । र, यसले समग्र इण्डष्ट्रिमा मर्का नपर्नेगरि चाहे वीमा वा जलविद्युत परियोजनालाई होस् ।’

उनले वीमा क्षेत्रको सुधारका लागि हुनसक्ने संयन्त्र बनाउनतर्फ समयानुकुल कामहरु गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?