Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णालीले विकास निर्माणदेखि राज्यको मूल प्रवाहमा महत्वपूर्ण स्थान ओगटेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली पछि परेको भनिए पनि आफूलाई त्यस्तो नलागेको बताए । उनले हरेक कुरामा कर्णाली अगाडी बढिरहेको जिकिर गरे । मन्त्री ठकुरीले सबै राजनीतिक दल र जनप्रतिनिधिहरू कर्णालीको विकासको लागि एकमतका साथ अगाडी बढिरहेको दाबी गरे । उनले विकास निर्माणका सवालमा सबै एकसाथमा रहेको बताउँदै आगामी दिनमा पनि सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । उनले राजनीतिक आस्था र विश्वास आ आफ्नो ठाउँमा भएपनि देशलाई सङ्कट परेको बेलामा सबै एक ठाउँमा आएर देशलाई निकास दिनु र विकास गर्नु सबैको कर्तव्य रहेको जिकिर गरे ।

उनले भने, “हामी अहिले कर्णालीलाई पछि परेको आदी, इत्यादि भन्छौँ । मलाई लाग्छ, त्यस्तो भइरहेको छैन । अहिले हरेक कुरामा कर्णाली अगाडी बढिरहेको छ । विकास निर्माणको कुरादेखि लिएर राज्यको मूल प्रवाहमा अहिले कर्णालीले महत्वपूर्ण स्थान ओगटेको छ । हामी सबै राजनीतिक दलहरू, जनप्रतिनिधिहरूले कर्णालीलाई साझा रूपमा विकासको लागि एकमतका साथ अगाडी बढ्ने जुन प्रयत्न भइरहेको छ र हामी लागि नै राखेका छौँ । विकास निर्माणका सवालमा हामी सबै एकसाथमा छौँ । आगामी दिनमा पनि सबै मिलेर अगाडी बढ्नु छ । यो देशको विकासको लागि राजनीतिक आस्था र विश्वास आ–आफ्नो ठाउँमा भए पनि देशलाई सङ्कट परेको बेलामा सबै राजनीतिक दलहरू एक ठाउँमा आएर देशलाई निकास र देशमा विकास गर्नु हामी सबैको कर्तव्य हो ।”

हरेक क्षेत्रमा कर्णालीका प्रतिभाहरू अगाडी बढिरहेको बताउँदै मुलुकको राजनीतिकदेखि प्रशासनिक क्षेत्रमा पनि कर्णालीको उल्लेखनीय उपस्थिति रहेको बताए ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?