Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताएका छन् ।

बुधवार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको बताए । उनले नेपाल दक्षिण एसियामा सार्वजनिक सेवा प्रशारण ऐन कार्यान्वयन गर्ने अग्रणी देशमध्ये रहेको दाबी गरे । उनले सार्वजनिक सेवा प्रशारण ऐन बन्ने क्रममा रहँदा नै गोरखापत्र दैनिकमा ४५ भाषामा अतिरिक्त समाचार सामग्री प्रकाशित भइरहेको बताए । उनले रेडियो नेपालबाट २५ वटा नेपाली भाषामा समाचार प्रशारण भइरहेको र राष्ट्रिय समाचार समितिले मैथिली र नेपाल भाषामा समाचार समेटिसकेको जानकारी दिए । उनले चाँडै तामाङ भाषामा पनि समाचार शुरु गर्ने बताउँदै नेपालमा बोलिने सबै भाषाको रासस बनाउने लक्ष्य रहेको जिकिर गरे । मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाललाई पनि सबै भाषामा कार्यक्रम प्रसारण गर्ने दिशामा लैजाने योजना रहेको बताए ।

उनले भने, “नेपाल सरकारले सार्वजनिक सेवा प्रशारण ऐन बनाइसकेको छ । त्यसको पहिलो उद्देश्य नै पिपुल फस्ट, नेशन फस्ट हो । त्यसमा आधारित भएर हामीले कार्यक्रमहरू बनाउने, न्युजहरूको प्रशारण गर्ने कुरा हुन्छ । साउथ एसियामा नेपाल पहिलो देश होला, पीएसबीको पहिलो देश त म भन्दिन, हामी अगाडी नै छौँ । इण्डियापछि हामी नै होला । पीएसबी लागु हुने क्रममा नै गोरखापत्रमा ४५ भाषामा अतिरिक्त समाचार प्रकाशित हुन्छ । त्यो संसारको कुनै पनि देशमा छैन होला जस्तो लाग्छ मलाई । रेडियो नेपालमा २५ वटा नेपाली भाषामा समाचार प्रसारण हुन्छ । राससमा मैथिली र नेपाल भाषामा पनि जोडेका छौँ । हामी अब चाँडै तामाङ भाषामा पनि गर्छौ । कुनै दिन त हामी नेपालमा बोलिने सबै भाषाको रासस बनाउने हो । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई नेपालमा बोलिने सबै भाषाको समाचार तथा कार्यक्रम प्रसारण हुने बनाउने अभियानमा छौँ हामी । सायद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि कुनै क्षेत्र समावेशी छ भने सञ्चार र सूचना प्रविधि क्षेत्र मात्रै हो ।”

उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समावेशिताको मूल इपिसेन्टर रहेको समेत बताए ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?