Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन


काठमाडौँ। सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सदस्यहरूले ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको स्थलगत अनुगमन गरेका छन् ।

समितिका सभापति दीपकबहादुर सिंहको संयोजकत्वमा समितिका सदस्यहरूले बुधवार फ्लाई ओभरको स्थलगत अनुगमन गरेका हुन् । सो अवसरमा समितिका सभापति सिंहले पहिलो पटक निर्माण भएकोले यसलाई सकारात्मक सोच्नुपर्ने बताए । उनले जामलाई व्यवस्थित र नियन्त्रण गर्न एउटा मात्रै फ्लाई ओभरले नपुग्ने बताउँदै १७/१८ ठाउँमा बताउनुपर्ने बताएका छन् । उनले फ्लाई ओभर ब्रिजमाथि जाम नभए पनि तल्लो सडकमा जाम हुने जिकिर गर्दै त्यसको नियन्त्रणको लागि पनि नीति बनाएर काम सुरु गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “यदि जामलाई केही हदसम्म कन्ट्रोल गर्ने हो भने एउटाले मात्रै पुग्दैन, १५–१७ वटा ठाउँमा फ्लाई ओभर ब्रिज बनाउन जरुरी छ । फ्लाई ओभर ब्रिजमाथि जाम हुँदैन । यहाँ भन्दा तल त जाम नै जाम छ नि । त्यसलाई पनि एउटा चाँडो भन्दा चाँडो पोलिसी बनाएर काम शुरु गर्नुपर्छ ।”

स्थलगत अनुगमनका क्रममा नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले फ्लाई ओभर आफैँमा नयाँ प्रोजेक्ट भएकोले निर्धारित बजेट मै सम्पन्न हुनु सुखद् पक्ष भएको बताए । उनले ट्राफिक लाइट र दुर्घटना न्युनिकरणको लागि सिसिटिभी क्यामेरा जडान लगायतका प्राविधिक हिसावले यात्रालाई सुरक्षित बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । उनले फ्लाई ओभरसँगै यसको दायाँबायाँबाट हुने यात्रालाई सुरक्षित बनाउन सुरक्षा मापदण्डको खोजी हुने भएकोले त्यसमा सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले भने, “एउटा त यो फ्लाई ओभर आफैँमा नयाँ प्रोजेक्ट हो । त्यसमाथि पनि यो जुन रूपमा निर्धारण गरिएको थियो, त्यही रूपमा सम्पन्न भयो भनेपछि यो आयोजनाका हिसाबले सुखद पक्ष हो, म यसप्रति खुशी व्यक्त गर्छु । यसमा ट्राफिक लाइट, दुर्घटना न्युनिकरणको लागि सिसिटिभी क्यामेरा जडान गर्ने हिसावले लगायतका अन्य प्राविधिक हिसाशले यो फ्लाई ओभरबाट गरिने यात्रालाई सुरक्षित बनाउने र सँगै साइडबाट हुने यात्रालाई सुरक्षित बनाउनको लागि त्यसको सुरक्षा मापदण्डको खोजी गर्छ । त्यसमा सरकारको अझ बढी ध्यान जानु आवश्यक छ ।”

२०७८ फागुनमा ओभर पास निर्माण दुई वर्षभित्र सक्ने गरी शुरु गरिए पनि पटक पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी ३९ महिनामा फ्लाई ओभरको निर्माण सम्पन्न भएको हो । उक्त फ्लाई ओभरको आगामी शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?