Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा


४ ,असोज ,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशांसा गरेका छन् । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे जस्तै विपन्न र गरिवको सहज स्वास्थ्य उपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनिय रहेको बताए ।

मन्त्री बस्नेतले भने,‘केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्ना सबै अस्पताल र प्रतिष्ठानमा जनरल बेड नि:शुल्क गर्ने निर्णय गरेपछि बाग्मती प्रदेशलाई पनि विपन्नका लागि प्रदेश मातहतका अस्पतालका बेड नि:शुल्क गर्न सल्लाह दियौ । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्रीज्युले निर्णय गरेर साथ दिनु भयो । ’

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका ३ हजार ५ सय ६५ जनरल बेड नि:शुल्क गरेपछि बाग्मती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरुका ८०० बेड नि:शुल्क गरेको थियो । मन्त्री बस्नेतले विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बाग्मती प्रदेशले क्यान्सरका विरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति १ लाख रुपैया सहुलियतमा थप ५० हजार रुपैया उपलब्ध गराईरहेको, हृदयरोगका विरामीलाई १ लाखमा थप गरेर १ लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनिय रहेको स्वास्थ्य मन्त्री बस्नेतले बताए ।

बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार प्रसारको कमिले जनमानसमा पुग्न नसकेको बताउँदै हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचनापाटीमा लेखेर सबैलाई जानकारी गराउनु पर्नेमा जोड दिए । केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लयमा आफू चल्न तयार रहेको बताउदै प्रदेश स्वास्थ्य मन्त्री जोशीले विपन्नको पहिचान गर्दा स्वघोषणालाई आधार बनाउनु पर्ने सुझाव दिए । बाग्मती प्रदेशका सांसद कृष्णकुमार तामाङ, सोना परियार लगायतले बाग्मती प्रदेशले स्वास्थ्य उपचारमा उल्लेखनिय काम गरिरहेको बताए ।

सो अवसरमा बाग्मती प्रदेशले नेपाल रेडक्रससँग नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ भने शहिद गंगालाल हृदयरोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर हस्पिटलसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ ।

बाग्मती प्रदेशको चिकित्सा साखा प्रमुख डा. खगेश्वर गेलालले बाग्मती प्रदेशले सिमान्तकृत विपन्न जनताका लागि नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम र महिला स्वास्थ्य स्वयं सेविकाका लागि स्वास्थ्य विमामा ५० प्रतिसत सहूलियत दिने कार्यक्रम पनि सुरु गरेको जानकारी दिए ।


प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?