Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

समयमै अस्पताल नपुग्दा अकालमै ज्यान गुमाउने सर्पदंशका बिरामी बढे


३ ,असोज ,बाँके । सर्पदंशबाट गम्भीर बिरामी बर्दिया बाँसगढी नगरपालिका–३ उत्तरभकारी निवासी पाँच वर्षीय बालक जय थारुको मङ्गलबार अस्पताल पुग्न नपाउँदै मृत्यु भयो ।

जयलाई घरको आगमनमा गोमन सर्पले डसेको थियो । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदा ती बालकको मृत्यु भइसकेको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख सर्पदंश विज्ञ डा कृष्ण आचार्यले जानकारी दिनुभयो । “ती बालकलाई निकै विषालु गोमन सर्पल डसेको रहेछ, अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो”, डा आचार्यले भन्नुभयो, “अस्पताल ल्याउन ढिलाइ भएका कारण बिरामीको उपचार गर्न सकिएन ।”

यो वर्षको वैशाखदेखि भदौसम्म पाँच महिनामा भेरी अस्पतालमा उपचारका लागि पु¥याएकामध्ये बाटोमै छ जनाको मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पताल पु¥याएको डा आचार्यले बताए ।

उहाँका अनुसार पाँच महिनाको अवधिमा भेरी अस्पतालमा चार सय २० जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । सर्पदंशबाट उपचारकै क्रममा यो अवधिमा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ । अहिले एक वार्ड र एक आइसियुमा गरी दुईजना सर्पदंशका बिरामी भेरी अस्पतालमा उपचाररत रहेका छन् ।

डा आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पु¥याए बिरामीको ज्यान जोगिने बताए ।

सर्पले टोकेमा गाउँटोलकै धामी, झाँक्री, गुरुवा वा अरु परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने अस्पतालमा ल्याउन उहाँको सुझाव छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले ८० प्रतिशत बिरामी अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु हुने गरेको बताउदै उनले भने सर्पले टोकेमा प्रि हस्पिटल केयर नै सबैभन्दा महत्वपूर्ण हुन्छ, समयमै अस्पताल ल्याउन सके अकालमै ज्यान गुमाउनुपर्दैन”।


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?