Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

धनकुटामा १२ दिने शल्यक्रिया शिविर सुरु


१ ,असोज ,धनकुटा । धनकुटामा आजदेखि १२ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु भएको छ ।

‘पहुँच नहुनेका लागि पहुँच’ भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको सो शिविर अमेरिकाको हवाईस्थित अलोह मेडिकल मिसनको प्राविधिक सहयोगमा सुरु भएको हो ।

शिविरको पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा र अलोह मेडिकल मिसनका टिम प्रमुख क्लेम्प क्रिष्टोफरले संयुक्तरुपमा उद्घाटन गरे ।

शल्यक्रिया शिविर असहाय र निम्न वर्गका सेवाग्राहीलाई सेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिए ।

शिविरका लागि मिसनका ४१ चिकित्सकको स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको शिविर प्रचारप्रसार संयोजक तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।

छैटौँ पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पायल्स, हर्निया, पित्तथैलीमा भएको पत्थरी, मुत्रनलीमा भएको पत्थरी, दन्त सेवा, आङ्ग खसेका महिलाको उपचार, शरीरका विभिन्न स्थानमा आएका गाठागुठीहरुको उपचार, टन्सिल, थाइराइडलगायत उपचार गरिने आयोजकले जानकारी दिएको छ ।


प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?