Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा


५ ,असोज ,झापा । हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ ।

हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि सुरु गरेको हो ।

ज्येष्ठ नागरिक बिरामीलाई आवतजावतमा समस्या अन्त्य गर्न एम्बुलेन्स सेवा सुरु गरिएको पालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए ।

ज्येष्ठ नागरिकलाई एम्बुलेन्समार्फत जिल्लाभित्रका अस्पतालमा लैजानुपरेमा एकतर्फी निःशुल्क र जिल्ला बाहिर लैजानुपरेमा ५० प्रतिशत छुटमा लैजाने व्यवस्था गरिएको छ ।

पालिकाभित्र बसोबास गर्ने गर्भवतीलाई प्रसूति सेवाका लागि जलथल बर्थिङ सेन्टरमा लैजाँदा र फर्काउँदा निःशुल्क सेवा प्रदान गरिने उनले बताए ।

यसैगरी मिर्गौला रोगको कारण डायलायसिस गरिरहेका विपन्न नागरिकका लागि महिनामा एकपटक र क्यान्सर रोगको उपचाररत विपन्न नागरिकलाई वर्षमा दुईपटक जिल्लाभित्रका अस्पताल पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उनले जानकारी दिए ।

दुई महिनाअघि मात्र काठमाडौँस्थित भारतीय राजदूतावासले गाउँपालिकालाई उपहारस्वरुप सो एम्बुलेन्स प्रदान गरेको हो ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?