Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

स्वास्थ्यमन्त्री बस्नेतद्वारा उपचारका लागि संकलित १२ लाख २६ हजार हस्तान्तरण


३,असोज ,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ नारायणथानका तेम्बाछिरीङ शेर्पाको उपचारका लागि संकलन गरिएको १२ लाख २६ हजार रुपैया विरामीलाई हस्तान्तरण गरेका छन् ।
स्वयम्भू स्थित नेपाल बुद्व धर्म सेवा संघमा आयोजना गरिएको भेलामा स्वास्थ्य मन्त्री बस्नेतले अमेरिका, कोरिया, जापान लगायतका देशमा कार्यरत सिन्धोपाल्चोकवासीबाट संकलन गरिएको ११ लाख ८६ हजार र स्थानियवासीबाट संकलित ४० हजार गरि जम्मा १२ लाख २६ हजार विरामीलाई हस्तान्तरण गरेका हुन । सोही अवसरमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्वु शेर्पाले गाउँपालिकाको आपतकालिन कोषबाट तेम्बाछिरीङको उपचारका लागि थप एक लाख रुपैया सहयोग गर्ने जानकारी दिए ।
भोटेकोशी गाउँ कार्यपालिकामा कार्यरत तेम्बाछिरीको दुबै मिर्गौला फेल भए पछि विरामी परेर अहिले डायलासिस गराइरहेका छन् । घरमा कमाउने उनी मात्र भएपछि तेम्बाको परिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेको छिमेकीहरु बताउछन् । समाजसेवी नेत्रबहादुर खड्काको नेतृत्वमा उपचारका लागि सहयोग रासी संकलन गरिएको थियो । उपचार रकम हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपचारका लागि सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गर्दै मिर्गौला दान दिने मान्छे भए प्रत्यारोपणका लागि चिन्ता गर्नु पर्ने बिषय नभएको बताए ।
डायलासिस गराईरहनु भन्दा जति सक्दो चाडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउदै उनले प्रत्यारोपण गरेपछि सरल तरिकाको जिवन जिउन सकिने बताए । मिर्गौैला प्रत्यारोपण सेवा नि:शुल्क भएकाले त्यसको व्यवस्था आफुले मिलाउने बस्नेतले आश्वासन दिए । भोटेकोशी गाउँपालिकाका अध्यक्ष शेर्पाले गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए ।
नेपाली कांग्रेस भोटेकोशीका सभापति देबीबहादुर बुढाथोकीले सुखदु:खमा पार्टी जनताका साथ रहेको बताउदै स्वास्थ्य मन्त्रीबाट आफूहरुले ठूलो आशा राखेको बताए ।
त्यसैगरि स्वास्थ्य मन्त्री बस्नेतले दुई वटै मिर्गौला फेल भएर डायलासिस गराईरहेका भोटेकोशीकै ज्ञानबहादुर श्रेष्ठको निवास रामकोट पुगेर उनलाई पनि उपचारका लागि संकलन गरिएको ५१ हजार रुपैया हस्तान्तरण गरेका छन् । सोही अवसरमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्वु शेर्पाले गाउँपालिकाको आपतकालिन कोषबाट ज्ञानबहादुरको उपचारका लागि थप एक लाख रुपैया सहयोग गर्ने जानकारी दिए । सो अवसरमा मन्त्री बस्नेतले मिर्गौला प्रत्यारोपणमा आफ्नो पूर्ण सहयोग रहने आश्वासन दिएका थिए ।

प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?