Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

समाचार


रामेछापमा बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु

२३ चैत ,मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए । स्थानीयवासी

‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई प्रदान गरिने

२३ चैत ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले यस वर्षको ‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । शाखाको आज बसेको कार्यसमितिको बैठकले रु एक लाख एक हजार एक सय ११ राशिको सो पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सूर्य सुवेदीले जानकारी

मिल्स क्रिकेट टि–२० : नरपथगञ्ज र एनबीएससी फाइनलमा

२३ चैत ,विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा भारत बिहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । नरपथगञ्जले भारतको पूर्णिया, वैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ भने म्यान अफ द म्याच नरपथगञ्जका रवण कुमार घोषित भएका छन्‌ । आयोजक घरेलु टोली मिल्स क्रिकेट क्लब

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घमा नयाँ नेतृत्व

२३ चैत ,काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको राष्ट्रिय सम्मेलनबाट निर्विरोधरूपमा गुणराज मुक्तानको अध्यक्षतामा ९७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । समितिमा वरिष्ठ उपाध्यक्ष खड्गराज सेजुवाल, प्रदेश उपाध्यक्षहरूमा देवराज सुवेदी (कोशी), बलराम पोखरेल (मधेस), सोमबहादुर सापकोटा (बागमती), दामोदर बाँस्तोला (गण्डकी), नलबहादुर रानामगर (लुम्बिनी), देवीप्रसाद न्यौपाने (कर्णाली),

चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता

२३ चैत ,काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री चिङ काङसँग भेटवार्ता गरेका छन्‌ । चीनको बेइजिङस्थित विदेश मन्त्रालयमा आज भएको भेटवार्तामा उनिहरूबीच दुई देशबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदान–प्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका

सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण सुरु

२३ चैत ,काठमाडौँ । सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको सहभागिता छ । सरकारको साझा नीति

नेपालद्वारा एलडिसीज समन्वय ब्यूरोको अध्यक्षता ग्रहण

२३ चैत ,काठमाडौँ । नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो । हस्तान्तरण समारोहको अध्यक्षता संयुक्त राष्ट्रसङ्घका लागि नेपालको नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राईले गरेको नियोगले जनाएको

तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

२३ चैत्र, दाङ । दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिए । कूल कैदीबन्दीमध्ये एक सय ५० कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये

बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो

२३ चैत्र, काठमाडाैँ । काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन् । बाइसधारा मेला सुरु

दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय

२३ चैत्र, पर्वत । सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोके पनि यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँड्न बाध्य छन् । पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२

सम्वन्धित समाचारहरु