Trending
>>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा >>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने >>   नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति >>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

रामेछापमा बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु


२३ चैत ,मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकहरूको सनाखत हुन सकेको छैन ।

घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए ।

स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ ।

स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय  मिटर तल झरेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?