Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै


२३ चैत्र, दाङ । दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिए ।

कूल कैदीबन्दीमध्ये एक सय ५० कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये एक सय ३७ पुरुष र पाँच महिला कैदीबन्दी छन् भने दुई पुरुष र पाँच महिला थुनुवामा छन् । जसमा एक बालक आश्रित छन् । यसैगरी लागुऔषधका एक सय १३ जना कैदीमध्ये ८९ पुरुष कैदी छन् । साथै चार कैदी र १४ थुनुवा गरी १९ महिला छन् । साथमा एक आश्रित बालक पनि छन् ।

जिउ मास्ने मुद्दामा २१ कैदीबन्दी र पाँच थुनुवा रहेका छन् भने त्यस्तै चोरीमा २५, ज्यान मार्ने उद्योग र सवारी ज्यानका आठ÷आठ, अपहरण, डाँकाचोरीका छ÷ छ, बैंकिङ कसुर ६, ठगी चार, हातहतियार,वन पैदवार तीन÷तीन, बहुविवाह, आगलागी दुई÷दुई ,रहेको कारागार प्रशासनले जनाएको छ ।

कारागार प्रशासनका अनुसार अप्राकृतिक मैथुनका चार, आललागीका दुई, खोटा चलान दुई, रकमहिनामिना एक र अन्य चार जना कैदीबन्दी कारागारमा छन् ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?