Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै


२३ चैत्र, दाङ । दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिए ।

कूल कैदीबन्दीमध्ये एक सय ५० कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये एक सय ३७ पुरुष र पाँच महिला कैदीबन्दी छन् भने दुई पुरुष र पाँच महिला थुनुवामा छन् । जसमा एक बालक आश्रित छन् । यसैगरी लागुऔषधका एक सय १३ जना कैदीमध्ये ८९ पुरुष कैदी छन् । साथै चार कैदी र १४ थुनुवा गरी १९ महिला छन् । साथमा एक आश्रित बालक पनि छन् ।

जिउ मास्ने मुद्दामा २१ कैदीबन्दी र पाँच थुनुवा रहेका छन् भने त्यस्तै चोरीमा २५, ज्यान मार्ने उद्योग र सवारी ज्यानका आठ÷आठ, अपहरण, डाँकाचोरीका छ÷ छ, बैंकिङ कसुर ६, ठगी चार, हातहतियार,वन पैदवार तीन÷तीन, बहुविवाह, आगलागी दुई÷दुई ,रहेको कारागार प्रशासनले जनाएको छ ।

कारागार प्रशासनका अनुसार अप्राकृतिक मैथुनका चार, आललागीका दुई, खोटा चलान दुई, रकमहिनामिना एक र अन्य चार जना कैदीबन्दी कारागारमा छन् ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?