Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय


२३ चैत्र, पर्वत । सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोके पनि यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँड्न बाध्य छन् ।

पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययनका लागि तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नु छ । पाखापानीमा माध्यमिक तह तीन वटा भए पनि दश जोड दुई सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले अध्ययनका लागि टाढा जानु परेको हो । पाखापानीका सिम्ले, भण्डारीथर, कोखे, चौडिल्ला लगायतका बस्तीका विद्यार्थी बिहान दुई घण्टा उकालो हिँडेर विद्यालय पुग्न र फर्किंदा डेढ घण्टाभन्दा बढी हिँडेर घर आउन बाध्य भएका हुन् ।

बस्तीभन्दा विद्यालयको दूरी टाढा छ । लामतुनमा रहेको जनविकास माविमा पुग्नुपर्ने उनीहरुको बाध्यता छ । एसइईसम्मको अध्ययन स्थानीय स्वधर्म मावि र विश्वज्योति माविमा पढे पनि दश जोड दुईका कक्षा नहुँदा टाढा हिँडेर जानुपर्ने बाध्यता रहेको कक्षा १२ मा अध्ययनरत राहुल भण्डारीले बताए । उनले भने, “बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता छ । उकालो बाटोमा निकै थकानका साथ पुग्नु पर्दा पठनपाठनमा समेत असर पर्ने गरेको र ग्रामीण भेग भएकाले सवारीसाधनको व्यवस्थासमेत नभएको उहाँको गुनासो थियो ।”

त्यस्तै सोही स्थानकी विद्यार्थी शिवकला क्षेत्रीले बस्तीभन्दा टाढा विद्यालय हुँदा सास्ती खेप्नु परेको छ भन्दै उहाँले भन्नुभयो, “नजिकमा विद्यालय भएको भए बिहानभरि पढेर, थोरै समयमै विद्यालय पुग्न सकिन्थ्यो तर टाढा हुँदा न त बिहान पढ्ने समय नै हुन्छ न त घरको काम गर्ने ।” विद्यालय भएको बस्ती लामतुनमा भन्दा पैदल हिँडेर जाने विद्यार्थीको संख्या उल्लेख्य रहेको वडा सचिव झलकशर्मा पौडेलले बताउनुभयो । “विद्यालय भएको बस्तीभन्दा टाढाका बस्ती सुगम भएकाले पनि त्यहाँ जनघनत्व बढी छ तर त्यहाँका विद्यालयमा कक्षा ११, १२ पढ्ने सुविधा छैन, त्यसैले यहाँका विद्यार्थीले निकै सास्ती पाएका छन्”, पौडेलले भन्नुभयो । “कि त महाशिला गाउँपालिका–५ मा रहेको महेन्द्रज्योति उच्च माविमा पुग्नु पर्छ,” उक्त विद्यालयमा जानका लागि पनि यति नै समय लाग्ने पौडेलले जानकारी दिनुभयो ।

भिरको बाटो भएर विद्यालय जानुपर्ने भएकाले हावाहुरी र वर्षा हुँदाको दिन पहिरोको डरले त्यहाँ नजाने गरेको अर्की विद्यार्थी सृजना क्षेत्रीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ साथी नपाउँदा एक्लै जानसमेत समस्या छ ।” बस्ती नजिकै रहेका स्वधर्म मावि र विश्वज्योति माविमा उच्च मावि नखुल्दा आफूजस्ता ५० जनाभन्दा बढी विद्यार्थीले सास्ती पाउने गरेको उहाँले बताउनुभयो । दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँडेर जानुपर्ने बाध्यतामा यो गाउँका ५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रअ चक्रबहादुर क्षेत्रीले टाढाबाट आउने विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै थोरै समय कुर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी विद्यालयमा आइसकेपछि मात्र पठनपाठन शुरु गर्ने गरेका छाैँ,” नजिकका विद्यार्थी चाँडो आए पनि केही समय पर्खेर, उनीहरु आउने÷नआउने निधो गरेर पढाउन शुरु गरिने प्रअ क्षेत्रीले बताउनुभयो । सिंगो वडाकै एउटा मात्र दश जोड दुई सञ्चालन भएको विद्यालय भएकाले विद्यार्थीको संख्यासमेत धेरै छ । अहिले प्लस टू मा मात्रै १५० विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?