Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई प्रदान गरिने


२३ चैत ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले यस वर्षको ‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ ।

शाखाको आज बसेको कार्यसमितिको बैठकले रु एक लाख एक हजार एक सय ११ राशिको सो पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सूर्य सुवेदीले जानकारी दिए ।

शनिबार हुने शाखाको २३औँ साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

अध्यक्ष सुवेदीले भने, “काठमाडौँ शाखाको शङ्खरापुर नगरपालिकामा यही चैत ३ र ४ गते बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो, आजको बैठकले सो पुरस्कार नेपाल महासङ्घ केन्द्रीय समितिका पूर्वअध्यक्ष एवं काठमाडौँ शाखाका सस्थापक अध्यक्षसमेत रहनुभएका वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।”


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?