Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई प्रदान गरिने


२३ चैत ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले यस वर्षको ‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ ।

शाखाको आज बसेको कार्यसमितिको बैठकले रु एक लाख एक हजार एक सय ११ राशिको सो पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सूर्य सुवेदीले जानकारी दिए ।

शनिबार हुने शाखाको २३औँ साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

अध्यक्ष सुवेदीले भने, “काठमाडौँ शाखाको शङ्खरापुर नगरपालिकामा यही चैत ३ र ४ गते बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो, आजको बैठकले सो पुरस्कार नेपाल महासङ्घ केन्द्रीय समितिका पूर्वअध्यक्ष एवं काठमाडौँ शाखाका सस्थापक अध्यक्षसमेत रहनुभएका वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।”


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?