Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

मिल्स क्रिकेट टि–२० : नरपथगञ्ज र एनबीएससी फाइनलमा


२३ चैत ,विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा भारत बिहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । नरपथगञ्जले भारतको पूर्णिया, वैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ भने म्यान अफ द म्याच नरपथगञ्जका रवण कुमार घोषित भएका छन्‌ ।

आयोजक घरेलु टोली मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले हराउँदै पाहुना टोली नरपथगञ्ज उपाधि नजिक पुगेको हो । उपाधिका लागि नरपथगञ्ज शनिबार हुने फाइनलमा एनबीएससी क्रिकेट क्लब विराटनगरसँग भिड्ने छ ।

एनबीएससी बोस्टन झापा, मिल्स एकाडेमी र वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई हराउँदै फाइनलमा पुगेको हो । विराटनगर जुट मिलको खेल मैदानमा आज सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा एक सय ९९ रनको विजय लक्ष्य पाएको घरेलु टोली विराटनगर १५ दशमलव पाँच बलमा १० विकेट गुमाउँदै एक सय २४ रनमा सीमित भयो ।

विराटनगरका अरुण एडीले २९, अनिल साहले १८ र सुनिल धमालले १७ रन जोडे । नरपथगञ्जका दिव्य सिंहले चार ओभरमा तीन विकेट लिए । सक्षमत शर्मा र रवण कुमारले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ पाएको नरपथगञ्जले १९ ओभर दुई बलमा १० विकेट गुमाइ एक सय ९८ रन बनाएको थियो । नरपथगञ्जका अविसेक पाण्डे र विजय भारतीले अर्धशतकीय इङनिङ खेले ।

अविसेकले २० बलमा ५९ रन बनाए भने विजय भारतीले ५५ रनको योगदान दिए । विराटनगरका अरुण एडीले ह्याट्रिक गर्दै चार विकेट लिए । भुलावन सनीले तीन विकेट लिँदा मन्जिल श्रेष्ठले एक विकेट लिए ।

प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार र उपविजेतालाई रु ५१ हजार पुरस्कार पाउने मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिए ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?