Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घमा नयाँ नेतृत्व


२३ चैत ,काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको राष्ट्रिय सम्मेलनबाट निर्विरोधरूपमा गुणराज मुक्तानको अध्यक्षतामा ९७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ ।

समितिमा वरिष्ठ उपाध्यक्ष खड्गराज सेजुवाल, प्रदेश उपाध्यक्षहरूमा देवराज सुवेदी (कोशी), बलराम पोखरेल (मधेस), सोमबहादुर सापकोटा (बागमती), दामोदर बाँस्तोला (गण्डकी), नलबहादुर रानामगर (लुम्बिनी), देवीप्रसाद न्यौपाने (कर्णाली), ध्रुवराज उपाध्याय (सुदूरपश्चिम) र महिला उपाध्यक्ष पवित्रा घिमिरे चयन भएका छन्‌ ।

महासचिवद्वयमा देवी खड्का र दुर्गानन्द ठाकुर, सचिवहरूमा काशीनाथ दङ्गाल (खुला), वीरेन्द्रराज विष्ट (खुला), मञ्जु नेपाल (महिला), मीनबहादुर विक (दलित), तेजबहादुर गुरुङ (आदिवासी जनजाति), श्रीकृष्ण थापा (खस आर्य), श्यामसुन्दर महतो (मधेसी), घनश्याम चौधरी (थारू), मोहम्मद समिम (मुस्लिम) र रामबहादुर टमाटा (पिछडिएको क्षेत्र) छानिएका छन्‌ ।

यस्तै कोषाध्यक्षमा सरस्वती रायमाझी र सहकोषाध्यक्षमा ज्ञानेन्द्र अधिकारी निर्वाचित भएका छन्‌ । नयाँ अध्यक्षबाट कार्यसमितिमा १५ सदस्य मनोनयन हुनेछ भने संस्थापक अध्यक्ष कृष्ण थापा पदेन रहनेछन्‌ ।

निर्वाचित पदाधिकारी र सदस्यहरूको नामावली निर्वाचन समितिका सयोजक अधिवक्ता प्राणनाथ न्यौपानेले घोषणा गरेका थिए भने शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले प्रमाणपत्र वितरण गरेका थिए ।

सम्मेलनले सामुदायिक विद्यालयसम्बन्धी आठ बुँदे घोषणपत्र जारी गरेको छ । यही चैत २० र २१ गते काठमाडौँमा भएको सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?