Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घमा नयाँ नेतृत्व


२३ चैत ,काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको राष्ट्रिय सम्मेलनबाट निर्विरोधरूपमा गुणराज मुक्तानको अध्यक्षतामा ९७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ ।

समितिमा वरिष्ठ उपाध्यक्ष खड्गराज सेजुवाल, प्रदेश उपाध्यक्षहरूमा देवराज सुवेदी (कोशी), बलराम पोखरेल (मधेस), सोमबहादुर सापकोटा (बागमती), दामोदर बाँस्तोला (गण्डकी), नलबहादुर रानामगर (लुम्बिनी), देवीप्रसाद न्यौपाने (कर्णाली), ध्रुवराज उपाध्याय (सुदूरपश्चिम) र महिला उपाध्यक्ष पवित्रा घिमिरे चयन भएका छन्‌ ।

महासचिवद्वयमा देवी खड्का र दुर्गानन्द ठाकुर, सचिवहरूमा काशीनाथ दङ्गाल (खुला), वीरेन्द्रराज विष्ट (खुला), मञ्जु नेपाल (महिला), मीनबहादुर विक (दलित), तेजबहादुर गुरुङ (आदिवासी जनजाति), श्रीकृष्ण थापा (खस आर्य), श्यामसुन्दर महतो (मधेसी), घनश्याम चौधरी (थारू), मोहम्मद समिम (मुस्लिम) र रामबहादुर टमाटा (पिछडिएको क्षेत्र) छानिएका छन्‌ ।

यस्तै कोषाध्यक्षमा सरस्वती रायमाझी र सहकोषाध्यक्षमा ज्ञानेन्द्र अधिकारी निर्वाचित भएका छन्‌ । नयाँ अध्यक्षबाट कार्यसमितिमा १५ सदस्य मनोनयन हुनेछ भने संस्थापक अध्यक्ष कृष्ण थापा पदेन रहनेछन्‌ ।

निर्वाचित पदाधिकारी र सदस्यहरूको नामावली निर्वाचन समितिका सयोजक अधिवक्ता प्राणनाथ न्यौपानेले घोषणा गरेका थिए भने शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले प्रमाणपत्र वितरण गरेका थिए ।

सम्मेलनले सामुदायिक विद्यालयसम्बन्धी आठ बुँदे घोषणपत्र जारी गरेको छ । यही चैत २० र २१ गते काठमाडौँमा भएको सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?